के आइफोन एक्स बन्द गर्दैछ एप्पलले ?

सोचे अनुरुपको बिक्री गर्न नसकेपछि एप्पलले आफ्नो बहुचर्चित आइफोन एक्सको उत्पादन बन्द गर्ने सम्भावना देखिएको छ ।

विश्लेषकहरुका अनुसार एप्पलले यो गृष्मयामबाटै नयाँ आइफोन एक्स बनाउन बन्द गर्ने सम्भावना छ ।

सधैं समाचार लागि Click on 'Like'

गत सेप्टेम्बर १२ मा तामझामका साथ सार्वजनिक गरिएको आइफोन एक्सको बिक्रीदर अपेक्षाकृत नभएपछि एप्पल संघर्षरत छ ।

एप्पलविज्ञ तथा चर्चित विश्लेषक मिंग ची कुओले यस वर्षको समरमा आइफोन एक्स अन्तिम अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।

एप्पल लगानीकर्तालाई प्रेषित नोटमा उनले आइफोन एक्सले बिक्रीकाे पूर्वानुमान भेट्न नसकेको हुँदा एप्पलले यसलाई छिटै नै बन्द गर्नसक्ने दाबी गरेका छन् ।

एप्पलले यसअघि सार्वजनिक भएको अर्को वर्ष नै आइफोन फाइभ सी बन्द गरेको थियो । यदि आइफोन एक्सको उत्पादन बन्द गरेमा त्यो एप्पलका लागि दोश्रो घटना हुनेछ ।

प्रायः एप्पलले आफ्ना पूराना मोडेलका आइफोनहरु स्टकमा राख्ने गर्दछ ता की उपभोक्ताहरुलाई प्रसस्तै रुपमा छनोटको विकल्प दिन सकियोस् । उदाहरणको लागि अहिले पनि एप्पल स्टोरमा आइफोन सिक्स एस किन्न सकिन्छ जुन सन् २०१५ मा लञ्च भएको हो ।

तर आइफोन एक्स भने सन् २०१९ का लागि बजारमा स्टक रहनेछैन ।

कुओका अनुसार आइफोन एक्सको उत्पादन तथा स्टकिङको साटो एप्पलले आइफोनका अन्य मोडेलमा आइफोन एक्समा रहेका फेस आइडी र ओएलइडी डिस्प्ले जस्ता फिचर हाल्नेछ । एप्पलले अब निकट भविष्यमा आइफोन एक्स प्लस ल्याउने पनि कुओले दाबी गरेका छन् । एप्पलले यो वर्ष आइफोनका तिनवटा नयाँ मोडेल सार्वजनिक गर्ने अनुमान कुओले गरेका छन् ।

विश्लेषकका अनुसार चिनिया बजारमा सोँचे अनुसारको माग नभएका कारण आइफोन एक्सको बिक्रि कम भएको हो ।

आइफोन एक्सको डिस्प्लेमा युजेबल स्पेस कम भएका कारण चिनिया प्रयोगकर्ताहरु निरास भएको र चिनिया बजारमा आइफोन एक्सको माग न्यून भएको कुओको दाबी छ ।

क्यामरा र सेन्सर राख्नका लागि स्क्रिनको माथिपट्टिको भागलाई कटौती गरी डिस्प्लेलाई बाँगो र कुरुप बनाइएको भन्दै प्रयोगकर्ताले गुनासो गरेका छन् ।

एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार