गोरी प्रियंका

 1234 पटक हेरिएको

नायिका प्रियंका कार्की फेसनका मामालामा सबैभन्दा अगाडि छिन् । नेपाली चलचित्रमा फेशन वुझेकी नायिकामा संभवत पहिलो नम्बरमा कार्की नै आउँछिन् । कुन स्थानमा कस्तो पहिरन लगाउनुपर्छ भन्ने उनलाई राम्रोसँग थाहा छ ।

नायिका कार्की सोमबार आयोजित एक कार्यक्रममा आकर्षक बनेर पुगिन् । उनको मेकअपदेखि पहिरन निकै आकर्षक देखिएको थियो । पत्रकारले प्रश्न सोधे-‘तपाई किन अचेल निकै गोरी देखिनुभएको छ ?’ उनले रमाइलो जवाफ दिइन्-‘अचेल मेरो इनडोर मात्र सुटिङ भैरहेको छ । यसैले गोरी भएकी हुँ ।’

सधैं समाचार लागि Click on 'Like'

नायक आयुष्मान देशराज जोशीसँग प्रेममा परेपछि चर्चामा रहेकी प्रियंका हिट चलचित्रका कारण पनि चर्चामा रहन्छिन् । देश तथा विदेशमा आयोजना हुने कार्यक्रममा सर्वाधिक व्यस्त हुने नायिका कार्की आफू चलचित्रकै लागि जन्मिएको बताउँछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार