न्यूयोर्कको विच सडकमा प्रियंकालाई कसले चुम्बन गर्‍यो ?

बलिउड नायिका प्रियंका चोपडालाई न्युयोर्कको सडकमा एक पुरुषले चुम्बन गरेको तस्विर अहिले इन्टरनेटमा भाइरल बनेको छ । यो दृष्य रियल भने होइन । हलिउड सिरियल ‘क्वान्टिको -३’का लागि उक्त दृश्य खिचिएको हो ।

जुन दृष्यमा प्रियंकालाई एलन पावेलले चुम्बन गरेका छन् । उक्त दृष्यमा प्रियंका कालो रङको लामो ड्रेसमा छिन् भने एलन कोट पाइन्टमा । एजेन्सीहरुले उल्लेख गरे अनुसार क्वान्टिकोको तेस्रो श्रृङ्खलामा प्रियंका निकै बोल्ड देखिनेछिन् ।

सधैं समाचार लागि Click on 'Like'

‘क्वान्टिको’को पहिलो सिजन २७ सेप्टेम्बर २०१५ देखि १५ मे २०१६ सम्म चलेको थियो । दोस्रो सिजन २५ सेप्टेम्बर २०१६ देखि १५ मे २०१७ सम्म चलेको थियो । दुवै सिरिज २२-२२ एपिसोड प्रदर्शन भएको थियो । तेस्रो श्रृङ्खला जम्मा १३ भागको हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार