जब मानिसको पेटभित्र फेला पर्यो ५ फुटको किरा

अमेरिकाको क्यालिफोर्नियामा बस्ने एक व्यक्तिलाई साल्मोन माछाको काँचो मासु खाने ठूलो शौख थियो । उक्त शौख उनका लागि यति महंगो पर्यो कि झण्डै ज्यान गएन ।

ती व्यक्तिलाई झाडापखालाको समस्या थियो । एकदिन त उनको मलद्वारबाट रगतको धारा नै बग्न थाल्यो । केही चिज निस्कन थालेजस्तो भएपछि उनी तत्कालै अस्पताल पुगे । अस्पतालमा जब उनको चेकजाँच भयो तब डाक्टरहरुले उनको पेटभित्र किरा भएको पत्ता लगाए ।

सधैं समाचार लागि Click on 'Like'

डाक्टरहरुले सोधपुछ गर्दा उनले आफुले दिनहुँ काँचो माछा खाने गरेको बताए । यदि अस्पताल आउन अझै बेर गरेको भए उनको ज्यानै जानसक्ने चेतावनी डाक्टरहरुले दिएपछि ती व्यक्ति झसँग भए ।

शल्यक्रिया गरी उनको पेटभित्र रहेको लामो किरा निकालियो । उक्त किराको लम्बाई साढे ५ फुट थियो ।

यो किरा माछाको काँचो मासुुकै माध्यमबाट ती व्यक्तिको पेटमा पुगेको ठम्याई डाक्टरहरुको छ । उक्त किरा फित्ते जुका प्रजातिको किरा रहेको डाक्टरहरुले बताए । काँचो माछा खाँदा फित्ते जुकाको फुलहरु उनको पेटमा प्रवेश गरेका रहेछन् । फूलबाट फित्ते जुका उत्पादन भयो र बढ्दै त्यति लामो बन्यो ।

चिकित्सकहरुका अनुसार फित्ते जुका अर्थात् टेपवर्म केही हप्तामै १५ मिटरसम्म लामो हुन्छ । यो किरा केही महिला तथा वर्षौँसम्म जिवित रहन सक्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार