कसरी भयो यस्तो चमत्कार ? मरेको १० दिनपछि महिलाले जन्माइन् बच्चा !

१० दिनअघि मरिसकेकी एकजना महिलाले बच्चा जन्माएको खबरले दक्षिण अफ्रिकामा तहल्का मच्चाएको छ ।

१० दिन पहिले मृत्यु भएकी महिलाको अन्त्येष्टिका लागि कफिन खोल्ने क्रममा महिलाको शवसँगै नाबालक शिशुको शव समेत देखिएपछि महिलाले मृत्युपछि बच्चा जन्माएको खुलासा भएको हो ।

सधैं समाचार लागि Click on 'Like'

दक्षिण अफ्रिकाको म्थ्यासी गाउँकी ३३ वर्षीया नामभेलिसो नामासोन्तो म्दोयी नामकी महिलाको अस्पतालमा मृत्यु भएको थियो । मृत्युको समयमा उनी ९ महिनाकी गर्भवती थिइन् । स्वास फेर्न कठिनाई भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा उनको मृत्यु भयो र डाक्टरहरुले उनको गर्भको शिशुको मृत्यु भइसकेको बताए । त्यसपछि उनलाई कफिनमा हालेर शवगृहमा लगियो ।

१० दिनसम्म शवगृहमा राखेपछि जब ती महिलाको शवलाई अन्त्येष्टि गर्नका लागि कफिन खोलियो तब शवगृहका कर्मचारी तथा ती महिलाका आफन्त समेत भयभित भए । किनकि महिलाको शवसँगै शिशुको शव पनि थियो । लासले बच्चा जन्माएको घटनाले सनसनी मच्चायो । परिवारजन पनि आमा र बच्चाको शव हेर्नबाट डराए र तत्कालै ती महिला र उनको बच्चाको शवलाई एउटै चिहानमा अन्त्येष्टि गरियो ।

आखिर महिलाले मरिसकेपछि कसरी मृत बच्चा जन्माइन् भन्ने सबैको चासोको विषय बन्यो । डाक्टरहरुले पनि त्यसको खास रहस्य पत्ता लगाउन सकेका छैनन् । मृत्युु भैसकेपछि मानिसका मांशपेशी शिथिल तथा कमजोर हुने भएको हुँदा पाठेघरको मांशपेशी पनि कमजोर भएको र सोही कारण मृतक शिशु महिलाको गर्भबाट बाहिर निस्किएको हुनसक्ने अनुमान डाक्टरहरुको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार