नेपाली सेना दिवस-२०७६

  ईनयाँपुस्ता  634 पटक हेरिएको

नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा महाशिवरात्रि तथा सेना दिवस मनाइएको छ। सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच सेना दिवस मनाइएको हो।

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ। भगवान् शिवका प्रतीकहरू अङ्कित लोगोले साङ्केतिक रूपमा सेनाको शक्तिलाई जनाउँछ। यसबाट नेपाली सेना देशका सबै प्रकारका राष्ट्रिय सङ्कटहरू निराकरण हुने विश्वास गरिँदै आएको छ।

सधैं समाचार लागि Click on 'Like'

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७६’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो। समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो। बढाइँ कवाजअन्तर्गत लहरे र एकट्ठा प्रस्तुत गरियो । त्यस्तै सैनिक र नेपाली परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो।

हेरौं तस्विर-

तस्विर सौजन्यः नेपाली सेना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार