फेसबुकले कोरोना भाइरसको विज्ञापन निःशुल्क गर्ने

  एजेन्सी  304 पटक हेरिएको

विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी विश्व स्वास्थ्य संगठनले दिने जनचेतनामूलक विज्ञापनमा फेसबुकले शुल्क नलिने भएको छ।

फेसबुक प्रयोगकर्ताहरुले कोरोना भाइरसका सम्बन्धमा सही सूचना पाउन्, भाइरसबारे दिग्भ्रमित नहोउन् र कसरी सुरक्षित हुने भन्ने विषयमा जानकारी हासिल गरुन् भन्नका लागि फेसबुकमा निशुल्क विज्ञापन प्रकाशित गरिदिने निर्णय गरिएको कम्पनीका सिइओ मार्क जुकरबर्गले जनाएका छन्।

सधैं समाचार लागि Click on 'Like'

जुकरबर्गले एक फेसबुक पोष्टमा लेखेका छन्, ‘कोरोना भाइरस विरुद्धको लडाइँमा विश्व स्वास्थ्य संगठनलाई आवश्यक पर्ने जति सबै विज्ञापनहरु निःशुल्क रुपमा प्रकाशित गरिदिने लगायतका सहयोग गर्नेछौं।’

अब फेसबुकमा कोरोना भाइरसका विषयका पोष्टहरु सर्च गर्दा एउटा पपअप देखा पर्नेछ, जसमार्फत् विश्व स्वास्थ्य संगठन तथा स्थानीय स्वास्थ्य एजेन्सीहरुका वेबसाइटमा पुगिनेछ।

जुकरबर्गका अनुसार विश्वका अग्रणी मानव स्वास्थ्यसम्बन्धी एजेन्सीहरुले गलत तथ्य भनी औँल्याएका कोरोना भाइरससम्बन्धी गलत सामाग्रीहरु, दाबी तथा षडयन्त्र सिद्धान्तहरु फेसबुकले हटाउनेछ, जसले कोरोना भाइरसको विषयका गलत सूचनाहरुसँग लड्न सहयोग गर्नेछ।

फेसबुकले विश्वका स्वास्थ्य वैज्ञानिकहरुसँग सहकार्य र सहयोग गर्नुका साथै संस्थाहरुलाई विज्ञापन कर्जाको रुपमा दशौं लाख डलर सहयोग गर्ने जुकरबर्गको भनाइ छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वभर पुगिसकेको छ। सोमबारसम्मको तथ्यांकअनुसार विश्वमा ९३ हजार मानिसलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार