घरको धारामा पानीको सट्टा ‘रेड वाईन’

  एजेन्सी  827 पटक हेरिएको

तपाईंलाई यस समाचारको हेडिङ पढ्दै अचम्म लाग्यो होला। कसरी घरको धारामा रेडवाईन आयो? तर, घटना सत्य हो।

ईटलीको उत्तरी सहर क्यास्टेलभेट्रोमका बासिन्दाले जब घरमा पानीको धारा खोले, तब पानीको सट्टा रेड वाइन झर्यो। यो घटना गत बुधबारको हो। स्थानीय वाइन उद्योगमा आएको खराबीले गर्दा घरघरमा पानीको सट्टा वाईन पुग्यो।

सधैं समाचार लागि Click on 'Like'

उद्योगले बोतलमा हाल्न तयार गरेको हजार लिटर वाइन सहरको पिउने पानी आपूर्ति गर्ने पाइपमा लिक हुँदा त्यसरी घरको धाराबाट वाईन चुहिएको थियो। वाइन तीन घन्टासम्म सहरको पानी पाइपमा बगेको थियो।

क्यास्टेलभेट्रोका उप–मेयर जर्जिया मेजाक्वीले यस घटनाबाट दस घर प्रभावित भएको जनाएका छन्। साथै, स्थानीय प्रशासनले उसको फेसबुक पेजमा यस लिकले कुनै पनि स्वास्थ्य समस्या ननिम्त्याउने बताएका छन्।

घटनाको लागि जिम्मेबार क्यानटिना सेटेक्यानी वाइनेरीका अनुसार कम्पनीको बोटलिङ लाइनभित्रको सफाई सर्किटको भल्भमा समस्या आउँदा यस्तो घटना भएको थियो। सर्किटको भल्भ बिग्रेपछि उच्च दबाबका कारण वाइन पानीको पाइपमा बग्न थालेको थियो।

क्यास्टेलभेट्रो इटालीको कोरोनाभाइरस प्रभावित उत्तरी क्षेत्रमा पर्छ। त्यो सहरमा विश्वभरका खाना र वाइनका पारखी पुग्ने गर्छन्। हाल भाइरसको डरले आगन्तुकको संख्या ८० प्रतिशतले कमी आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार