कोरोना भाइरसका कारण बलिउडलाई झड्का

  एजेन्सी  247 पटक हेरिएको

मुम्बईः चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को महामारी अहिले विश्वभर फैलिइरहेको छ। विश्वका अन्य देशसँगै भारतमा पनि स्वास्थ्य आपतकालकै हालत छ।

मानिसमा कोरोना भाइरसको संक्रमण सर्ने डरका कारण बलिउड इन्डष्ट्रीमा समेत यसले प्रत्यक्ष असर पारेको छ। दिल्ली, मुम्बई, कर्नाटक, केरला र जम्मु–काश्मिरलगायत धेरै सहरका थिएटर बन्द गरिँदैछ। यस्तोमा रिलिज भइसकेका फिल्महरुले ठूलो नोक्सान व्यहोर्नु परिरहेको छ।

सधैं समाचार लागि Click on 'Like'

कतिपय कलाकारले कोरोना भाइरसकै कारण पूर्वयोजना परिवर्तन गरिसकेका छन्। कतिपय फिल्मको सुटिङ रोकिएका छन्। र, फिल्मको रिलिज मितिसमेत हटाइएको छ। सँगसगै आईफा र जी–सिनेमा अवार्डको आयोजना पनि रद्द गरिएका छन्।

कोरोना भाइरसको सन्त्रासकै कारण २४ मार्चमा रिलिज हुने भनिएको रोहित शेट्ठी निर्देशित ‘सूर्यवंशी’को रिलिज मिति रद्द गरिएको छ। र, जबसम्म कोरोना भाइरस पूर्णरुपमा नियन्त्रण हुँदैन, तबसम्म फिल्म रिलिज नहुने भएको छ।

सूर्यवंशीलाई यस वर्षकै सबैभन्दा ठूलो फिल्म मानिएको छ। किनभने यस फिल्ममा तीन ठूला सुपरस्टार अक्षय कुमार, अजय देवगन र रणवीर सिंह एकसाथ देखिएका छन्। यो एउटा ठूलो बजेटको फिल्म हो। र, निर्देशक सेट्टी चाहँदैनन् कि यस फिल्मले नोक्सान व्यहोरोस्।

‘सूर्यवंशी हामीले पूरै एक वर्ष कडा मिहेनत लगाएर बनाएका हौं र यसको टे«लरबाटै राम्रो प्रतिक्रिया मिलिरहेको छ’, उनले भने, ‘यसबाटै पत्ता चल्छ कि फिल्म हेर्नका लागि दर्शकमा कति उत्साह छ, यसैले हामी यसको रिलिजको लागि सही समय पर्खनेछौं।’

यसै समय यशराज फिल्म्स्को ब्यानरमा बनेको ‘संदीप और पिंकी फरार’ पनि मारमा परेको छ। कोरोना भाइरसको महामारीकै कारण यस फिल्मको रिलिज पनि रोक्ने निर्णय गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार