ज्याक माद्वारा अमेरिकालाई ५ लाख किट र १० लाख मास्क सहयोग

  एजेन्सी  381 पटक हेरिएको

न्युयोर्कः चीनका बिलिनियर तथा अनलाईन बिजनेस अलिबाबाका सह–संस्थापक ज्याक माले कोरोना भाइरस फैलिनबाट रोक्न अमेरिकालाई ५ लाख कोरोना भाइरस परीक्षण किट र दस लाख मास्क सहयोग पठाएका छन्।

ज्याक माले ट्वीटरमार्फत् अमेरिका पठाउन लागिएको मास्क र कोरोना भाइरस परीक्षण किटका बक्सहरु चाइना ईस्टर्न एयरलाईन्समा लोड गर्दै गरेको फोटो शेयर गरी यसको जानकारी दिएका छन्। ज्याक माले पहिलो पटक ट्वीटरमा एकाउन्ट खोलेका हुन्। र, पहिलोपल्ट नै अमेरिकालाई सहयोग सामग्री पठाइएको फोटो पोष्ट गरेका छन्।

सधैं समाचार लागि Click on 'Like'

उनले फोटोसँगै लेखेका छन्, ‘अमेरिकामा रहेका हाम्रा साथीहरुलाई शुभकामना!’ सांघाई विमानस्थलबाट सोमबार बिहान पठाइएको कार्गो जहाज अमेरिका पुगेपछि त्यहाँको रोग नियन्त्रण तथा रोकथाम सेन्टरलाई हस्तान्तरण गरिनेछ।

यसैगरी, ज्याक माले थप अर्को ट्वीटर पोस्टमा ज्याक मा फाउन्डेसनसँगसँगै अलिबाबा फाउन्डेसनले ईटाली, स्पेन र अन्य युरोपियन मुलुकलाई १८ लाख मास्क र १ लाख कोरोना भाइरस परीक्षण किट पठाएको जनाएका छन्।

ज्याक माले वर्तमान प्रकोप विश्व र मानव समुदायका लागि ठूलो चुनौती रहेको जनाउँदै यसविरुद्ध लड्न हातमा हात मिलाउन जरुरी रहेको बताएका छन्। उनले भनेका छन्, ‘हामीले यस भाइरससँग लड्न हातमा हात मिलाउनु जरुरी छ।’

अमेरिकामा सोमबार दिउँसोसम्म ३८ सयमा कोरोना भाइरस संक्रमणको पुस्टिसँगै ६९ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार