हलिउड अभिनेत्री ओल्गा कुरलेन्कोलाई कोरोना भाइरस संक्रमण

  एजेन्सी  283 पटक हेरिएको

तस्विरः एपी

जेम्स बान्डको फिल्म ‘क्वान्टम अफ सोलेस’मा भूमिका निभाएकी ओल्गा कुरलेन्कोलाई कोरोना भाइरस संक्रमण भएको छ। हलिउड अभिनेत्री ओल्गाले आफूलाई कोरोना भाइरस ‘पोजेटिभ’ भएको ईन्स्टाग्राममार्फत् जनाएकी छन्।

अभिनेत्री ओल्गाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा घरभित्रबाट झ्यालको फोटो  खिचेर पोस्ट गर्दै आफू कोरोना भाइरस संक्रमित भएको जनाएकी छन्।

सधैं समाचार लागि Click on 'Like'

४० वर्षीया ओल्गाले आफू एक सातादेखि बिरामी परेकी जनाएकी छन्। सुरुमा ज्वरो आएको र थकान महसुस हुने जस्ता लक्षण देखिएपछि कोरोना भाइरस परीक्षण गराएका उनलाई ‘पोजेटिभ’ देखिएको बताएकी छन्। अहिले उनले आफूलाई कोठाभित्र बन्द गरेर राखेकोसमेत जनाएकी छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार