३ सय २८ वर्षपछि जगन्नाथ मन्दिर बन्द

  एजेन्सी  960 पटक हेरिएको

तस्विरः बीबीसी

भारतको ओडिसास्थित पुरीको प्रसिद्ध जगन्नाथ मन्दिर ३२८ वर्षपछि पहिलो पटक बन्द गरिएको छ। कोरोनाभाइरस (कोभिड–१९)को फैलँदो संक्रमण चुनौतीका कारण ओडिसा सरकारले बन्द गराएको हो।

जगन्नाथ संस्कृतिका विशेषज्ञ सुरेन्द्र मिश्रका अनुसार सन् १६९२ मा मुगल शासक औरंगजेबको आदेशमा एकराम खानले हमला गर्दा यसअघि मन्दिर बन्द भएको थियो। त्यसपछि पहिलो पटक सन् २०२० मा कोरोनाभाइरसका कारण मन्दिर बन्द गरिएको छ।

सधैं समाचार लागि Click on 'Like'

‘३२८ वर्ष पहिले अर्थात् १६९२ मा मुगल शासक औरंगजेबको आदेशमा एकराम खानले मन्दिरमाथि हमला गरेको थियो’, संस्कृति विशेषज्ञ मिश्रले बीबीसीलाई भने, ‘जसको नतिजामा पुरीको यो मन्दिर बन्द भएको थियो।’ अहिले यस मन्दिरमा अन्य दिनको तुलनामा भक्तजन नआउँदा सुनसान भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार