इटलीमा साढे ११ हजारको मृत्यु, कहाँ भयो गल्ती?

  ईनयाँपुस्ता  451 पटक हेरिएको

गेटी ईमेज

कोरोनाभाइरस (कोभिड–१९)को पहिलो संक्रमित चीनको वुहान सहरमा गत डिसेम्बरमा भेटियो। यसको केही हप्तापछि नै विश्वका लगभग हरेक देशमा कोरोनाभाइरस फैलिइसकेको छ। यसबाट लाखौं मानिस संक्रमित छन्। हजारौंको ज्यान गइसकेको छ। विश्वको हरेक भूभाग यस भाइरस संक्रमणको चपेटामा परेको छ।

तथ्यांक हेर्दा लगभग साढे सात लाख बढी मानिस यस चपेटामा परेका छन्। मृत्यु हुनेको संख्या ३७ हजार बढी छ। यद्यपि, झन्डै पाउने दुई लाख मानिस उपचारपछि निको पनि भएका छन्।

सधैं समाचार लागि Click on 'Like'

अहिले संक्रमणको सबैभन्दा बढी संख्या अमेरिकामा देखिएको छ। तर, मृत्युको संख्या इटलीमा बढी छ। इटलीमा संक्रमण फैलिएदेखि अहिलेसम्म साढे ११ हजार बढी मानिसको मृत्यु भइसकेको छ।

इटलीले संक्रमण फैलिनबाट रोक्न केही कडा कदम नचालेको पनि होइन। यसका बाबजुद पनि हरेक दिन औसत ६ सयको हाराहारीमा मृत्यु भइरहेको छ।

इटलीमा अहिले लकडाउनको छैठौं हप्ता जारी छ। सर्वसाधारणलाई घरबाहिर निस्कन उचित कारण चाहिन्छ। दुई जना सँगै बस्न पाइँदैन। दुरी बनाएर बस्नुपर्ने बाध्यकारी नियम लागू छ। इटलीमा यस्ता प्रतिबन्धका बाबजुद पनि अधिक संख्यामा मृत्यु भइरहेको छ?

विशेषज्ञका अनुसार यसका पछाडि केही कारण जिम्मेवार छन्। सबैभन्दा महत्वपूर्ण कारणचाहिँ देशमा अत्यधिक बढ्दो उमेरका मानिसको जनसंख्या रहेको छ। जापानपछि इटली विश्वको सबैभन्दा बढी प्रौढ जनसंख्या भएको मुलुक हो। कोरोनाभाइरसले पनि सबैभन्दा बढी बुढ्यौली प्रवेश गर्दै गरेकालाई प्रभावित तुल्याउँदछ।

तोडमतोड आँकडा

मिलानका एक अस्पतालमा कार्यरत डा. मासिमो गैल्ली इटलीमा अहिलेसम्म जति संक्रमित केस पाइएको छ, यसले पूरै संक्रमित मानिसको वास्तविक तथ्यांक दर्शाउँन नसक्ने बताउँछन्। उनका अनुसार तथ्यांकमा देखिएको भन्दा धेरै यसबाट संक्रमित छन्। अहिले संक्रमणको स्तर अधिक हुनेलाई मात्रै जाँचिएको छ। बाँकी मानिसमा जाँच गरिएको छैन, जसको कारण मृत्युको आँकडा बढ्दै गइरहेको छ।

गेटी ईमेज

इटलीको लोम्बार्डी प्रान्त सबैभन्दा बढी प्रभावित ईलाका हो। हरेक दिन यहाँ पाँच हजार बढी स्वाब टेस्ट भइरहेको छ। उनका अनुसार अहिले जति टेस्ट भएको छ, यसभन्दा अधिक टेस्ट गर्न जरुरी छ। किनभने हजारौंको संख्यामा घरमै बसेकाहरु रोग परीक्षणका लागि पर्खाइमा छन्।

यसबाहेक कोरोनाभाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुसँग व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)को पनि कमी छ। र, अन्य देशको लागि यो एक चेतावनी पनि रहेको छ।

स्वास्थ्य विशेषज्ञका अनुसार अस्पतालहरुमा चमत्कारिक तरिकाले बेडको संख्यामा वृद्धि गरिएका छन्। तर, औषधि कमी भइरहेको छ। यो सबैभन्दा टाउको दुखाईको विषय बनेको छ।

वृद्धवृद्धालाई बढी खतरा

इटलीका सरकारी स्वास्थ्य इन्स्टिच्युटका अनुसार इटलीमा अहिलेसम्म जतिको मृत्यु भएको छ, उनीहरुको औसत उमेर निकाल्दा ७८ वर्षका छन्। र, इटलीका सार्वजनिक स्वास्थ्य प्रणाली पहिलेदेखि नै खटिएका चिकित्सा सेवाका कारण धेरै वृद्धवृद्धालाई बचाउन पनि सक्षम भइरहेका छन्।

इटलीमा मृत्युको आँकडा बढिरहेको अवस्थामा यहाँ यस्तो मामिला पनि सामुन्ने आएको छ, जसले सबैलाई आश्चर्यचकित पार्दछ।

इटलीका १०२ वर्षका एक वृद्ध कोरोनाभाइरसको उपचारपछि निको भई घर फर्किएका छन्। उनी २० दिनसम्म अस्पताल बसेका थिए। देशको उत्तरी ईलाकास्थित सहर जेनेवामा चिकित्सकहरुले उनीसँगै उसका भान्जाको उपचार गरेका थिए। उपचारपछि दुवैजना ठीक भएका थिए।

प्रतिबन्धितका गम्भीरता

यसैबीच, केही विशेषज्ञ मान्छन् कि इटलीमा कोरोनाभाइरस रोकथामका लागि लगाइएको प्रतिबन्ध अत्यधिक छन्।

चीनको वुहान सहर पहिलो क्षेत्र थियो, जहाँ लकडाउन गरिएको थियो। वुहान सहर जनवरीमै बन्द गरिएको थियो। त्यहाँ आउने र जाने सबै हवाई यात्रा प्रतिबन्धित गरिएको थियो। रेल, बस र सबै हाई–वेसहित सीमानाका बन्द गरिएको थियो।

इटलीमा अनुचित तरिकाले घरबाट बाहिर निस्कनेलाई लगभग दुई लाख ४९ हजार रुपैयाँ जरीवाना लगाउने आदेश जारी गरेको छ। इटलीका सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित ईलाका लोम्बार्डीका नागरिकलाई घरबाट बाहिर निस्कन वर्जित छ। उनीहरुले आप्mना कुकुरलाई २०० मिटरभन्दा बढी घुमाउनसमेत लान सक्दैनन्।

गेटी ईमेज

नयाँ घोषित नियमअनुसार १५ अप्रिलसम्म कसैले पनि घरबाहिर हिँड्डुल गर्न पाउने छैनन्। र, मोटरसाईकलबाट समेत बाहिर जान मनाही गरिएको छ। घरबाहिर कोही व्यक्ति भीडको हिस्सा बनेको खण्डमा पनि पाँच हजारसम्म युरो जरीवाना लाग्न सक्छ। इटलीको अन्य क्षेत्रमा लगाइएको जरीवानाको तुलनामा यो २५ गुणा बढी हो।

कसैको दुई घर छ, तर उसलाई मुख्य घरमात्रै बस्ने अनुमति छ। दोस्रो घरमा जान पाउने छैन।

सबै पर्यटकस्थलमा रहेका होटल, फार्म हाउसलगायत बन्द गरिएका छन्। यसबाहेक घरका एक व्यक्तिलाई मात्रै पसलभित्र जाने अनुमति छ। खाद्यसामग्री र पेय पदार्थ बिक्री गर्ने वेन्डिङ मेसिनमाथि अनिश्चितकालीन बन्द गरिएको छ।

सबैखाले निर्माण कार्य तत्काललाई रोक लगाइएको छ। सरकारी आदेशमा आवश्यक सेवाहरुका काम गर्ने कर्मचारी, खासगरी सुपरमार्केटका क्यासियरले हरेक घन्टा तापमान लिन भनिएको छ। सार्वजनिक स्थानमा पुलिसले कसैलाई रोकेर उसको तापमान लिने अधिकार छ। लोम्बार्डीको जस्तै कडा कदम इटलीका तेस्रो बढी प्रभावित ईलाका पीडमौन्टमा पनि लगाइएको छ।

इटलीमा कोरोना कहर

एकखाले मानिसहरु यसखाले प्रतिबन्धको आलोचना गरिरहेका छन्। तर, यसै भीडमा केही व्यक्तिको राय यसको ठीक विपरीत छ। उनीहरुका अनुसार इटलीमा जुनखाले प्रतिबन्ध छ, यो चीनको तुलनामा अहिलेसम्म त्यति कडा नरहेको बताउँछन्, जति चीनमा थियो।

युरोपियन र इटालियन सोसाईटी फर भाइरलोजीका पूर्व प्रोफेसर डा. पालुका अनुसार यसका अलावा अर्को दोस्रो विकल्प पनि नरहेको बताउँछन्। उनी भन्छन्, ‘हाम्रा केही संवैधानिक अधिकार छिनिएका छन् तर यो सबैभन्दा उत्तम कदम हो, जो एक लोतन्त्रमा उठाउन सकिन्छ।’ – बीबीसीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार