‘अप्रिलफुल’ सामग्रीमा आत्मालोचना

  ईनयाँपुस्ता  2197 पटक हेरिएको

आज ‘अप्रिल फुल’ अर्थात् मूर्ख बनाउने दिन। हरेक वर्षको १ अप्रिललाई मूर्ख बनाउने दिनको रुपमा विश्वभर मनाइन्छ। यस्तोमा सञ्चारसंस्थाले पनि समाचारको माध्यमद्वारा पाठकसँग ‘अप्रिलफुल’ मनाउने ट्रेन्ड नौलो होइन।

यसै सन्दर्भमा ईनयाँपुस्ताले पनि आफ्ना पाठकसँग ‘अप्रिलफुल’ मनाउने निर्णय गर्यो। र, चर्चित साहित्यकार राजन मुकारुङबारे ‘अप्रिलफुल’ सामग्री प्रकाशित गर्यो। तर, प्रकाशित सामग्रीमार्फत् जटिल परिस्थिति सिर्जना गरी लाभहानीको अंक गणितीय खेल हुने खतरा देखा पर्यो। साथै, प्रतिशोध साँध्ने औजारको रुपमा प्रकाशित सामग्रीलाई प्रयोग गर्ने दुस्साहस गरेको पाइयो।

सधैं समाचार लागि Click on 'Like'

यसैले पाठकसमक्ष विनम्र अनुरोध छ, साहित्यकार मुकारुङबारे यसअघि ईनयाँपुस्ताले प्रकाशित गरेको ‘अप्रिलफुल’ सामग्रीलाई अन्यथा नलिई विशुद्ध ‘ग्लोबल ट्रेन्ड’को एक सामग्रीको रुपमा मात्रै ग्रहण गरी दिनुहोस्। यसका बाबजुद प्रकाशित सामग्रीमार्फत् मुकारुङको चरित्रहत्या गर्ने अभिप्राय पनि नरहेको स्पष्ट पार्न चाहन्छौं।

कथंकदाचित प्रकाशित सामग्रीले व्यक्तिमाथि पर्न गएको असहजताप्रति आत्मालोचना गर्दै पुनः क्षमाप्रार्थी छौं।

प्रकाशक/सम्पादक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार