चिकित्सकमाथिको हातपातविरुद्ध बलिउड हस्तीहरु

  एजेन्सी  432 पटक हेरिएको

भारतको विभिन्न सहरमा कोरोनाभाइरस संक्रमित परिवारले आफ्ना बिरामीलाई बचाउन नसकेको भन्दै उपचारमा संलग्न चिकित्सकहरुमाथि हात पात गरेका छन्। उक्त हातपातको भिडियो बाहिर आएपछि अहिले सामाजिक सञ्जालमार्फत् व्यापक विरोध भएको छ।

कोरोना संक्रमितलाई बिरामीलाई बचाउन नसकेकामा हैदराबाद र इन्दोरका अस्पतालमा मृतकका आफन्तबाट चिकित्सकहरुले पिटाई खानु परेको छ। यस्तो महामारीमा पनि ज्यान जोखिममा राखेर खटिएका चिकित्सकहरुमाथि भएको हातपातको बलिउडका कलाकारले विरोध गरेका छन्। उनीहरुलाई चिकित्सकहरुलाई साथ दिँदै ट्विटरमार्फत् यस्तो घटनाको निन्दा गरेका छन्।

सधैं समाचार लागि Click on 'Like'

सांसद तथा अभिनेत्री हेमा मालिनीले इन्दोरका डक्टरहरुमाथि भएको हातपातको ट्विटमार्फत् विरोध गरेकी छिन्। यस्तो हमलाको खबरले आफू साह्रै दुःखी भएको उनले बताएकी छिन्। आफ्नो ज्यान जोखिममा राखेर हाम्रो उपचारमा दिनरात खटेका चिकित्सकहरुमाथि पनि कसरी हमला गर्न सकेका होलान् भन्ने प्रश्न उठाउँदै यसलाई उनले लज्जासपद कार्यको रुपमा निन्दा गरेकी छन्।

अभिनेत्री शिल्पा सेट्टीले त यस्तो अमर्यादित घटना चिकित्सकहरुमाथि अहिलेको अवस्थामा हुन्छ भन्ने कुरा आफूले सोच्न पनि नसकेको बताएकी छिन्। उनले ट्विट गर्दै स्वाथ्यकर्मीसँग लडाई नगरेर कोरोनाभाइरस विरुद्धको लडाईमा एकजुट हुनुपर्ने बताएकी छिन्।

बिरामीको रक्षाको लागि घर परिवार छाडेर दिनरात कोरोनाको उपचारमा उत्रिएका डाक्टर, नर्सहरुलाई जसरी सकिन्छ सहयोग गर्न पनि अभिनेत्री शिल्पाले अपिल गरेकी छन्।

अर्की अभिनेत्री शवना आजमीले पनि ट्विट गर्दै यस्तो घटनाको बलिउड घोर निन्दा गर्छ भनेकी छिन्। अस्पतालमा भगवान बनेर कोरोना संक्रमितको ज्यान जोगाउन रातदिन जुटेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षा दिनुपर्ने पनि अभिनेत्री शवनाको माग छ।

अभिनेता ऋषी कपूरले सो घटनाको पूर्ण निन्दा गर्दै सबैलाई शान्ति रहन र धैर्य बन्न अपिल गरेका छन्। उनले प्रहरी, स्वास्थ्यकर्मीसँग हिंसा नगर्न र उनीहरुलाई सेवा दिनको लागि सक्दो सहयोग गर्न आह्वान गरेका छन्।

कोरोनाविरुद्धको यस युद्धमा आपसी लडाईभन्दा सुरक्षा र सहयोगको आवश्यक भएको भन्दै उनले एकताको आह्वान गरेका छन्। कोरोनाको कारण यतिबेला डाक्टर, नर्स, स्वास्थ्यप्राविधिक, प्रहरीहरुको ज्यान बढी असुरक्षित भएको बेला उनीहरुलाई सघाउनु पर्ने ऋषि कपुरको अनुरोध छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार