कोरोना संक्रमित राख्न सेना र सशस्त्र प्रहरीको अस्पताल तयार

  ईनयाँपुस्ता  358 पटक हेरिएको

काठमाडौं : नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल कोरोना भाइरस संक्रमित बिरामी राख्नका लागि तयार भएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् सेना र सशस्त्र प्रहरीका दुवै अस्पताल बिरामी राख्न तयार भएको जानकारी दिएको छ। दुवै अस्पतालमा १ सयभन्दा बढी बेड र ६ वटा सघन उपचार कक्ष (आएसीयु बेड) पूर्ण तयारी अवस्थामा रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

सधैं समाचार लागि Click on 'Like'

साथै, डा.देवकोटाले पछिल्लो २४ घण्टामा संकलन गरिएका स्वाब नमुना परीक्षण गर्दा ५ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको बताए। बुधबारसम्म २ हजार ३ सय ६६ वटा परीक्षण भएका छन्। उपत्यकामा १ हजार ९ सय ६५ वटा र उपत्यकाबाहिर ४ सय १ जनामा परीक्षण गरिएको उनले बताए। मंगलबारसम्म १ हजार ७ सय ९६ जनाको परीक्षण गरिएको थियो।

सरकारले हालसम्म कैलाली र कञ्चनपुरबाट मात्रै १ सय ९८ जनाको र्यापिड किट र स्वाबको नमुना संकलन गरी सकेको छ। अछाम, जुम्ला र सुर्खेतलगायतका जिल्लाबाट ८ सय २ वटा नमुना संकलन गरिएको डा. देवकोटाले बताए।

दिपायलमा बुधबार ३ सयभन्दा बढी नमुना संकलन गर्ने उद्देश्यका साथ टोली परिचालन गरिएको छ। उपत्यकामा १२ र उपत्यका बाहिर १ सय २२ गरी बुधबारसम्म १ सय ३४ जना आइसोलेसनमा रहेका छन्। ८ हजार ५ सय ८० जना क्वारेन्टाइन्मा रहेका छन्।

नेपालमा अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएको छ, जसमध्ये १ जना उपचारपछि निको भएर घर फर्किएका छन्। ८ जना उपचाररत छन्। उपचारतका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिङको काम सकिएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार