प्रधानमन्त्री मोदीको मुस्कान अभियानमा बलिउडकर्मीको साथ

  एजेन्सी  265 पटक हेरिएको

मुम्बई : बलिउड नायक/नायिकाले यतिबेला आफ्नो सामाजिक सञ्जालको एकाउन्टमा मुस्कानयुक्त फोटो साझेदारी गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्कान अभियानलाई साथ दिन आफूहरूले यस्तो गरेको उनीहरूको कथन छ।

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेपछि देश लकडाउनमा छ। सबै घरभित्र बन्द अवस्थामा छन्। यस्तो बेलामा प्रधानमन्त्री मोदीले ‘फेरि मुस्काउनेछ इन्डिया, फेरि जित्नेछ इन्डिया’ भनेर लेख्दै सबैलाई मुस्कुराउन आह्वान गरेका छन्। उनले मुस्कुराउनेछ भारत भन्दै यस्तो अनुरोध गरेका हुन्।

सधैं समाचार लागि Click on 'Like'

प्रधानमन्त्रीको यही अनुरोधलाई सार्थक तुल्याउन बलिउड कलाकारले सामाजिक सञ्जालमा मुस्कानयुक्त तस्बिर सेयर गर्दै सबैलाई मुस्कुराउन अनुरोध गरेका हुन्। बलिउड अभिनेता अक्षयकुमारले प्रधानमन्त्री मोदीको यो सकारात्मक सोचको प्रशंसा गर्दै मुस्कानयुक्त तस्बिर सामाजिक सञ्जालमा प्रस्तुत गरेका छन्।

बलिउडका कलाकारले सबैलाई मुस्कुराउन एउटा भिडियो नै बनाएका छन्। मुस्कान अभियानमा भिडियोमा अक्षयकुमारसँगै टाइगर श्राफ, तापसी पन्नु, विक्की कौशल, भूमि पेडनेकर, कार्तिक आर्यन, कृति सैनन, आयुष्मान खुराना, किराया आडवाणी, राजकुमार राव, सिद्धार्थ मलहोत्रा, शिखर धवन, अनन्या पान्डे, जैकी भगनानी, अलाया एफ, रकुलप्रित सिंहजस्ता कलाकारले साथ दिएका छन्।

यी कलाकारले सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीको मुस्कान अभियानलाई समर्थन गर्दै सो भिडियो सेयर गरेका छन्। उनीहरूले मुस्कानयुक्त तस्बिर पनि प्रस्तुत गरेका छन्। प्रधानमन्त्री मोदीको अभियानलाई कलाकारले साथ दिएपछि भारतीयले पनि आफ्ना मुस्कानयुक्त तस्बिर सामाजिक सञ्जालमा प्रस्तुत गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार