रामायणमा सुग्रीबको भूमिका निभाएका कलानीको निधन

  ईनयाँपुस्ता  190 पटक हेरिएको

काठमाडौं : भारतीय टेलि सिरियल रामायणमा बाली र सुग्रीबको भूमिका निभाएका चर्चित कलाकार श्याम सुन्दर कलानीको निधन भएको छ।

८० वर्षीय कलानी लामो समयदेखि क्यान्सरबाट पीडित रहेको जनाइएको छ। उनको मृत्युमा रामायणमा राम र लक्ष्मणको भूमिका निभाएका कलाकारहरु अरुण गोविल र सुनिल लाहरीले समेत शोक व्यक्त गर्दै ट्वीट गरेका छन्।

सधैं समाचार लागि Click on 'Like'

रामको भूमिका निभाएका अरुण गोविलले लेखेका छन्, ‘श्याम सुन्दरजीको निधनबारे सुनेर दुःख लागेको छ। उहाँले रामानन्द सागरको रामायणमा सुग्रीबको भूमिका निभाएका थिए। एक राम्रो र सज्जन व्यक्ति। उहाँको आत्मालाई ईश्वर शान्ति देऊ।’

यस्तै, लक्ष्मणको भूमिका निभाएका सुनिल लहरीले पनि शोक व्यक्त गर्दै ट्वीट गरेका छन्। उनले लेखेका छन्, ‘हाम्रा सह–कलाकार, जसले रामायणमा बाली र सुग्रीबको भूमिका निभाएका थिए, उहाँको निधनले मर्माहत बनाएको छ। यस दुःखद् घडीमा भगवान उहाँको परिवारलाई सम्हालिने शक्ति प्रदान गर र मृतात्मालाई शान्ति देऊ।’

मध्यप्रदेशका बासिन्दा कलानीले रामानन्द सागरको रामायणबाटै अभिनय क्षेत्रमा पाईला टेकेका थिए। रामायणमा उनले बाली र उनको दाइ सुग्रीबको भूमिको निर्वाह गरेका थिए।

उनको मृत्यु ६ अप्रिलका दिन भएको जनाइएको छ। मृत्यु भएको दिन उनी पुस्तक अध्ययन गरिरहेका थिए। लकडाउनका कारण उनको निधनको खबर शुक्रबार मात्रै सार्वजनिक भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार