खाना तथा औषधी बोक्ने रोबोटको सफल परीक्षण

  ईनयाँपुस्ता  401 पटक हेरिएको

रोबोटको परीक्षणपछि जानकारी दिँदै नर्सहरु।

काठमाडौं : रोबोटिक्स एसोसिएसन अफ नेपालले खाना तथा औषधी बोक्ने रोबोटको सफलतापूर्वक परीक्षण गरेको छ। रोबोटको पहिलो परीक्षण महाराजगन्जस्थित शिक्षण अस्पतालमा गरिएको छ।

परीक्षणका क्रममा रोबोटले अस्पतालका नर्सहरुसँग वार्तालाप गर्नुका साथै शंकास्पद कोरोना भाइरस संक्रमितको हेरचाहसमेत गरेको एशोसिएनले मंगलबार विज्ञप्ति जारी गरी जनाएको छ।

सधैं समाचार लागि Click on 'Like'

रोबोटको सफल परीक्षणसँगै कोरोना भाइरसको संक्रमित बिरामीको उपचारमा तथा हेरचाहमा सहयोग पुग्ने एशोसिएनले जनाएको छ। रोबोट शिक्षण अस्पतालको समन्वयमा कान्तिवीर समूहका पंकज अपरेलको मुख्य भूमिकाका निर्माण गरिएको हो।

अब रोबोट बनेसँगै आईसोलेसन वार्डमा कोरोना संक्रमितका लागि खाना तथा औषधि पुर्याउन सहज हुने जिकिर एशोसिएसनले गरेको छ।
रोबोटलाई एक महिनाअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमक्ष समेत प्रदर्शन गरिएको थियो।

एशोसिएसनले विगत १४ दिनदेखि रोबोटिक्स एन्ड टेक कम्युनिटी, रोबोटिक्स एशोसिएसन अफ नेपाल फारवेस्ट, रोबाटिक्स एशोसिएसन अफ नेपाल इस्टलगायतको समन्वयमा कोभिड–१९ नियन्त्रणका लागि काम गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार