हालसम्म ६ हजार २ सय ९९ मा कोरोना परीक्षण

  ईनयाँपुस्ता  344 पटक हेरिएको

काठमाडौं : नेपालमा हालसम्म ६ हजार बढीमा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गरी सकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म स्वाब नमुना परीक्षण (पिसिआर) विधिबाट ६ हजार २ सय ९९ जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगगलबार जानकारी दिएका छन्।

पछिल्लो समय परीक्षणको दायरा फराकिलो बनाउँदै लगेको सरकारले बितेको २४ घन्टामा ५ सय ८४ ओटा नमुना परीक्षण गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा मात्रै अहिलेसम्म ४ हजार ८ सय १९ जनाको परीक्षण गरिएको छ। काठमाडौंमा मात्रै गएको २४ घन्टामा ३ सय ८७ जनाको नमुना परीक्षण गरिएको छ।

सधैं समाचार लागि Click on 'Like'

राजधानीबाहिर अहिलेसम्म १ हजार ४ सय ८० जनाको नमुना परीक्षण भएको प्रवक्ता देवकाटाले जनाए। उनका अनुसार र्‍यापिड डाइग्नोष्टिक विधि (आरडिटी) बाट अहिलेसम्म ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै मा १३ सय १६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

अहिले मुलुकभर ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा १२ र उपत्यकाबाहिर ८७ गरी ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। साथै, विदेशबाट आएका व्यक्तिहरुको परीक्षणलाई तीव्रता दिइएको छ। नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगिसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार