लकडाउनमा सनी लियोनीको तस्विरले हंगामा

  एजेन्सी  445 पटक हेरिएको

नयाँदिल्ली : यतिबेला भारतमा लकडाउन जारी छ। आफ्नै घरभित्र रहेकी नायिका सनी लियोनी पछिल्लो समय सोसल मिडियामा निकै सक्रिय देखिएकी छन्। केही दिनपहिले उनले एक भिडियोको माध्यमबाट फ्यानलाई आफ्नो सिग्नेचर स्पेट पनि सिकाएकी थिइन्। त्यो भिडिया उनको समर्थनले निकै मन पराए।

अहिले फेरि सनी लियोनीले इन्स्टाग्राममा आफ्नो दुई फोटो सेयर गरेकी छन्। फोटोमा उनी समुद्र किनारमा देखिएकी छन्। अहिले सामाजिक सञ्जालमा उनको त्यो फोटोको चर्चा भएको छ। फोटो सेयर गर्दै सनी लियोनीले लेखेकी छन्, ‘४ मेको सपना देखिरहेको छु।’ जब कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै लकडाउन भारतमा ३ मईसम्म बढाउने घोषणा गरेको छ।

सधैं समाचार लागि Click on 'Like'

उनी पनि छिट्टै देशले कोरोनाको संक्रमणबाट मुक्त पाओस् भन्नेमा छिन्। छिट्टै यसबाट मुक्ति पाएर लकडाउन खुलोस् र पुरानै अवस्थामा फर्कनका लागि उनी आतुर देखिन्छिन्।

उनले सोसल मिडियामो यो फोटो सेयर गरेको धेरै समय भएको छैन। तर, केही घन्टामा नै उनको तस्बिरमा १ लाखभन्दा बढीले लाइक गरेका थिए। उसो त सनीको प्रत्येक फोटोले सोसल मिडियामा ट्रेड गर्दछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार