अहिलेसम्म आठ हजार बढीको र्‍यापिड टेस्ट, बाँकी जिल्लामा चाँडै सुरु गरिँदै

  ईनयाँपुस्ता  297 पटक हेरिएको

काठमाडौं : सरकारले ८ हजार बढी सम्भावित कोरोना भाइरस (कोभिड–१९) संक्रमितको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) मार्फत् परीक्षण गरी सकिएको जनाएको छ।

बुधबार नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ८ हजार ९२९ जनामा आरडीटीमार्फत् परीक्षण सम्पन्न भइसकेको बताए। यस्तै, पीसीआर विधिबाट ६ हजार ८७१ जनाको परीक्षण भएको छ। दुवै विधिमार्फत् अहिलेसम्म १५ हजार ८०० जनामा कोरोना परीक्षण सम्पन्न भएको छ।

सधैं समाचार लागि Click on 'Like'

देवकाटोका अनुसार प्रदेश १ भित्रका सात जिल्लामा र्‍यापिड टेस्ट सुरु हुन बाँकी रहेको जनाए। यस्तै, प्रदेश २ को ३ जिल्ला, गण्डकी प्रदेशको १ जिल्ला, प्रदेश ५ को १ जिल्ला र कर्णाली प्रदेशको २ जिल्ला बाँकी रहेका छन्। बागमती र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा यो सेवा पुगिसकेको छ।

देवकोटाले हाल ६३ जिल्लामा र्‍यापिड टेस्ट सुरु गरिएको पनि जनाए। उनका अनुसार केही दिनभित्रै बाँकी १४ जिल्लामा पनि र्‍यापिड टेस्ट सुरु हुने जनाए। साथै, उनले र्‍यापिड टेस्टमा पोजेटिभ रिपोर्ट देखिएकाहरुको पीसीआर विधिबाट परीक्षण गरेर निश्चित भएपछिमात्रै रिपोर्ट सार्वजनिक गर्ने गरिएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार