सलमान खानको फार्महाउसमा रमाउँदै यी तीन नायिका

  एजेन्सी  827 पटक हेरिएको

मुम्बई : कोरोनाभाइरस महामारीको कारण भारतमा हाल लकडाउन जारी छ। सरकारले ३ मेसम्म देशव्यापी लकडाउनको समयावधि थपेको छ। यसबेला बलिउड सेलिब्रेटीहरूले महामारीबाट जोगिन घरभित्र सुरक्षित बसिरहेका छन्। र, अरु नागरिकहरूलाई पनि घरभित्रै बस्न आग्रह गरिरहेका छन्।

यस्तैमा, सलमान खान र उनका परिवारका केही सदस्यहरू हाल पनवेल फार्महाउसमा बसिरहेका छन्। उनका अभिभावक र भाइ सोहेल खानलगायतका परिवारका केही सदस्यहरू सहरमा छन्। तर, सलमानसँगै केही साथीहरू उनको फार्महाउसमा छन्।

सधैं समाचार लागि Click on 'Like'

अहिले अभिनेत्री जैकलिन फर्नांडीज, वालुशा डिसुजा र सलमानका प्रेमिका मानिएका लुलिया भन्तुर मार्चमा लकडाबन्दीको घोषणा भएपछि फार्महाउसमा सँगै बसिरहेकी छन्। उनीहरुले सामाजिक दुरी अभ्यास गरिरहेका फोटोहरू फार्महाउसबाट सोशल मीडियामा पोस्ट गरिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार