कोरोनाको उपचारनिम्ति खटाइयो ३३ चिकित्सक सुदूरपश्चिममा

  ईनयाँपुस्ता  343 पटक हेरिएको

कैलाली : कोरोना भाइरस (कोभिड–१९)को जोखिम रहेको सुदूरपश्चिम प्रदेशमा उपचारका लागि ३३ जनाको चिकित्सक टोली धनगढी आइपुगेका छन्। उनीहरु शुक्रबार काठमाडौंबाट यति एयरलाइन्सको जहाजबाट धनगढी आइपुगेका हुन्।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको जोखिम बढेकाले न्यनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली धनगढी पठाएको हो। उनीहरुलाई प्रदेश मातहतका अस्पतालमा खटाइने भएको छ। चिकित्सकहरुलाई यति एयरलाइन्सको विमान चार्टर गरेर काठमाडौंबाट पठाइएको हो।

सधैं समाचार लागि Click on 'Like'

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार