बहराईनमा २७ जना नेपालीमा कोरोना भाइरस संक्रमण

  ईनयाँपुस्ता  479 पटक हेरिएको

काठमाडौं : बहराईनमा २७ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ। यससँगै बहराईनमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ४७ पुगेको छ।

मनामास्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी २७ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको पुस्टि गरेको छ। जारी विज्ञप्तिअनुसार शुक्रबार बेलुकासम्म मुलुकभर ७६ हजार ९४४ मा सम्भावित कोरोना भाइरस संक्रमण परीक्षण गरी सकिएको छ।

सधैं समाचार लागि Click on 'Like'

अहिलेसम्म बहराईनमा संक्रमितको संख्या ९९० रहेकामा ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। उपचारपछि निको भई घर फर्किनेको संख्या ७०३ पुगेको छ।

अहिले बहराईनमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ। साथै, पार्क र सार्वजनिक स्थलहरुमा घुमघाम गर्नपनि निषेध गरिएको छ। यस्तै, अत्यावश्यकबाहेक घरबाहिर निस्कन पाइने छैन। कर्मचारीहरुका लागि घरबाटै कार्य सम्पादन गर्न प्रोत्साहित गरिएको छ।

बहराईनमा भाइरसको संक्रमण रोक्न सभा÷समारोहमा रोक लगाइनुका साथै शैक्षिक संस्थाहरु अर्को सूचना नआएसम्मका लागि बन्द गरिएका छन्। सैलुन, सिनेमाघर, जिम, स्विमिङपुल प्रयोगमा समेत रोक लगाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार