कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ३६

  ईनयाँपुस्ता  358 पटक हेरिएको

काठमाडौं : कुवेतमा थप पाँच जना नेपालीमा कोरोना भाइरस संक्रमण पुस्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै कुवेतमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या ३६ पुगेको छ।

बितेको २४ घन्टामा कुवेतभर २१५ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै यहाँ अहिलेसम्म संक्रमित हुनेको संख्या २६ सय १५ पुगेको छ।

सधैं समाचार लागि Click on 'Like'

अहिलेसम्म उपचारपछि ६ सय ९३ जना निको भएका छन्। एक हजार ९६८ कोरोना भाइरसको एक्टिभ केस चलिरहेको छ। तीमध्ये ६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार