लकडाउनकै बीच बालबालिकालाई नियमित खोप लगाइने

  रासस  657 पटक हेरिएको

काठमाडौं : लकडाउनका कारण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आगामी आइतबरदेखि सञ्चालन गर्ने तयारी गरिएको छ।

विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत ११ चैतदेखि सरकारले गरेको लकडाउनका कारण देशभरिका बालबालिकालाई दिइने आधारभूत खोप सञ्चालन हुन सकेको थिएन।

सधैं समाचार लागि Click on 'Like'

यसरी नियमित रूपमा लगाइने खोप लामो समयसम्म रोक्दा भविष्यमा यसले ठूलो स्वास्थ्य दुर्घटना निम्त्याउन सक्ने भन्दै दुई हप्ताअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत रूपमा लगाइने खोपहरु सामाजिक दूरी कायम गर्दै निरन्तरता दिन आग्रह गरेको छ।

अहिले विशेष समय भएकाले खोप लगाउन मन्त्रालयले नियम पनि बनाइसकेकाले कुनैपनि बहानामा खोप कार्यक्रम नरोक्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

मन्त्रालयका बाल स्वास्थ्य तथा खोप सेवा विभाग प्रमुख डा। झलक गौतमले बालबालिका जन्मेदेखि १५ महिना पुग्दासम्म लगाउनुपर्ने सबै खोप अनिवार्य लगाउनुपर्ने भन्दै उक्त खोप सेवाबाट वञ्चित भए बालबालिकाको मृत्युसम्म हुनसक्ने जानकारी गराए।

नियमित खोप पहिदेखि नै सुरु गरिएको सेवा हो, त्यसका लागि कुनै विशेष तयारी गर्नुपर्ने हुँदैन। मन्त्रालयले कम्तीमा तीनदेखि छ फिटसम्म सामाजिक दूरी कामय गरी खोप सेवा सञ्चालन गर्ने, स्वयंसेवकमार्फत टोलवासीलाई खोप लगाउन समय जानकारी गराउने, भीड नियन्त्रण गर्नेजस्ता मापदण्ड पूरा गरी काम गर्न आग्रह गरेको छ।

मन्त्रालयका अनुसार हरेक वर्ष ६ लाख २० हजार बालबालिकाले जन्मदेखि १५ महिनासम्म लगाउनुपर्ने अनिवार्य र निःशुल्क खोप सेवा लिने गरेका छन्। यस अवधिमा उनीहरुलाई १२ वटा खोप लगाउनुपर्छ। ती सबै अनिवार्य खोप हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार