रहेनन् बलिउड नायक ऋषि कपुर

  ईनयाँपुस्ता  180 पटक हेरिएको

काठमाडौं: बलिउड नायक ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ। ब्लड क्यान्सर पीडित नायक कपुरको उपचारका क्रममा मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको विहीबार बिहान ८ बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नायक कपुरलाई दुई वर्षअघि क्यान्सर भएको थियो। उनको अमेरिकामा ११ महिना राखेर उपचार गरिएपछि गत वर्षको सेप्टेम्बरमा भारत फर्किएका थिए। तर, गत फेब्रुअरीमा उनको स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो।

सधैं समाचार लागि Click on 'Like'

नायिकको कपुरको जन्म ४ सेप्टेम्बर १९५२ मा मुम्बईको चेम्बूरमा भएको थियो। उनका र श्रीमती नितुका रणबीर र रिदीमा गरी दुई सन्तान छन्।

कपुरले सन् १९७० मा ‘मेरा नाम जोकर’ बाट डेब्यू गरेका थिए। यो फिल्ममा उनले बाल्यकालको भूमिका निभाएका थिए। उनले सन् १९७३ मा रिलिज भएको बबी फिल्ममा नायकको भूमिका निभाएका थिए।

उनले आफ्नो करियरमा सन् १९७३–२००० सम्म ९२ फिल्ममा रोमान्टिक हिरोको भूमिका निभाए। सोलो लिड एक्टरको रुपमा ५१ फिल्ममा अभिनय गरे। उनले श्रीमती नीतुसँग १२ वटा फिल्ममा अभिनय गरे।

बुधबार मात्रै बलिउड फिल्मी जगतका अर्का एक हस्ती इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार