नेपालमा ५८ हजार ८७१ जनामा सम्भावित कोरोना परीक्षण

  ईनयाँपुस्ता  683 पटक हेरिएको

काठमाडौँ : नेपालमा अहिलेसम्म आरडीटी र पिसिआर विधिबाट गरी ५८ हजार ८७१ जना सम्भावित कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षण सकिएको छ। उनीहरुमध्ये ५७ जना संक्रमित भेटिएका छन्, जसमध्ये १६ जना निको भई घर फर्किसकेका छन्।

विहीबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्याले मन्त्रालयले पछिल्लो २४ घन्टामा कोही पनि नयाँ संक्रमित नभेटिएको पनि जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म देशभर १२ हजार ११ जनाको पीसीआर परीक्षण र ४६ हजार ८६० जनाको आरडीटी परीक्षण सकिएको छ।

सधैं समाचार लागि Click on 'Like'

अहिलेसम्म प्रदेश १ मा ४ हजार ९८५, प्रदेश २ मा ५ हजार ४५६, बागमती प्रदेशमा ८ हजार ३६१, गण्डकी प्रदेशमा ५ हजार ४११, प्रदेश ५ मा ३ हजार ७९९, कर्णाली प्रदेशमा ५ हजार ४३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४११ जनाको आरडीटी परीक्षण गरिएको छ।

देशभरका क्वारेन्टाइनमा अहिले २३ हजार ३३६ रहेका छन्। यस्तै, ८० जना विभिन्न स्थानका आइसोलेसनमा छन्। उपचाररत् ४१ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रवक्ता डा. देवकोटाले जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार