नेपालमा ६३ हजार बढी कोरोना परीक्षण, ६९ जनामा संक्रमण पुस्टि

  ईनयाँपुस्ता  320 पटक हेरिएको

काठमाडौं : नेपालमा अहिलेसम्म ६३ हजार १०२ ओटा सम्भावित कोरोना भाइरस संक्रमण परीक्षण गरिसकिएको छ। आइतबारसम्म र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडीटी) र थ्रोट स्वाब नमुना परीक्षण (पिसिआर) विधिमार्फत् उक्त संख्यामा परीक्षण सकिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ४९ हजार ६८८ आरडिटी र १३ हजार ४१४ ओटा पिसिआर परीक्षण भएका छन्। दुवै गरी अहिलेसम्म ६३ हजार १०२ ओटा परीक्षण भएका छन्।

सधैं समाचार लागि Click on 'Like'

उल्लेखित तथ्यांक सार्वजनिक भइरहँदा अहिलेसम्म नेपालमा ६९ जना कोरोना भाइरस संक्रमित फेला परिसकेका छन्। आइतबारमात्रै नेपालगन्जमा ९ र वीरगन्जमा १ जना नयाँ संक्रमणको केस पुस्टि भएको छ। बितेको २४ घन्टामा १ हजार ४७९ ओटा परीक्षण भएका छन्।

प्रदेशमा कहाँ कति परीक्षण?

प्रदेशआरडीटी परीक्षणक्वारेन्टाइन
प्रदेश १५,४९९२,६१८
प्रदेश २५,७०९ १,३३७
बागमती प्रदेश८,५१५
४४०
गण्डकी प्रदेश५,८३४ ६२६
प्रदेश ५ ४,४९२ १०,६६७
कर्णाली प्रदेश५,५६७ ३,०७८
सुदूरपश्चिम प्रदेश१४,०७२३,१८५

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार