शहरमा मान्छेहरु कुदेकोमात्र देख्छु!

  उमेश राई  504 पटक हेरिएको

मिर्मिरेमा गरिबहरु पेट पाल्नको लागि कुदेको देख्छु!
बिहानीमा धनीहरु पेट फाल्नको लागि कुदेको देख्छु!!

कस्तो अचम्म हो यो पेट सबैको समस्या पेटमै देख्छु!
हिजो आज यो शहरमा मान्छेहरु कुदेको मात्र देख्छु!!

सधैं समाचार लागि Click on 'Like'

भ्रष्टाचारीहरु यो देश लुट्नको लागि कुदेको देख्छु!
अस्त्रधारीहरु बुद्धि भुट्नको लागि कुदेको देख्छु!!

वस्त्रधारीहरु नाङ्गै लुट्नको लागि कुदेको देख्छु!
हिजो आज यो शहरमा मान्छेहरु कुदेको मात्र देख्छु!!

घट्ना एउटा थरीथरीका समाचार लेखेको देख्छु!
प्रवन्ध एउटा थरीथरीका परिवन्द भएको देख्छु!!

दोषीहरु निद्रोसलाई एक आपसमा जुदाएको देख्छु!
निर्दोषहरु दोषी भइ एकआपसमा जुधेको देख्छु!!

सम्बन्ध एउटा थरीथरीका साइनो जोडेको देख्छु!
हिजो आज यो शहरमा मान्छेहरु कुदेको मात्र देख्छु!!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार