आमा बन्न विवाह अनिवार्य नरहेको नायिका सुस्मिताको भनाई

  एजेन्सी  226 पटक हेरिएको

मुम्बई : बलिउड नायिका सुस्मिता सेनले आमा हुनका लागि विवाह आवश्यक नभएको बताएकी छन्। सन्तान जन्माउँदैमा आमा भइन्छ भन्ने मान्यतामा आफू नभएको पनि यी नायिकाले बताएकी छन्।

भारतमा मे महिनाको दोस्रो आइतबारलाई आमाको मुख हेर्ने दिवस (मदर्स डे)का रूपमा मनाइन्छ। यही अवसरमा नायिका सुस्मिताले यस्तो भनाइ व्यक्त गरेकी हुन्।

सधैं समाचार लागि Click on 'Like'

एक समयकी ब्रह्माण्ड सुन्दरी सुस्मिताले अझै विवाह गरेकी छैनन्। तर, उनी दुई छोरीकी आमाकी रूपमा परिचित छिन्। उनले दुवै छोरीलाई धर्मपुत्रीको रूपमा ग्रहण गरेकी हुन्।

अभिनेत्री सुस्मिताले आफू २५ वर्षकी हुँदा सन २०१० मा धर्मपुत्रीको रूपमा छोरी रेनेलाई ग्रहण गरेकी थिइन्। त्यसको १० वर्षपछि फेरि उनले दोस्रो धर्मपुत्री अलिशालाई ग्रहण गरिन्।

यसरी विवाह नै नगरी उनी दुई छोरीको आमाकी रूपमा परिचित छिन्। अहिले उनीहरू नै आफ्नो सहारा भएको र उनीहरूलाई जीवनमा अप्ठेरो नपरोस् भनेरै आफूले विवाह नगरेको पनि सुस्मिताको कथन छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार