दिवेश उक्लिए अमेरिकन आइडलको शीर्ष ७मा

  ईनयाँपुस्ता  205 पटक हेरिएको

काठमाडौं : दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकन आइडलको शीर्ष ७ मा उक्लिएका छन्। उनलाई शीर्ष ५ का दाबेदारको रुपमा हेरिएको छ।

यसपटक आमा र बुबासँगै देखिएका दिवेशले आइतबार ‘इन्टरनेशनल मदर्स डे’को अवसरमा आमाको ममता झल्काउने बोन आइभरको चर्चित गीत ‘हे, मा’ गाएका थिए।

सधैं समाचार लागि Click on 'Like'

यसपछि उनको तारिफ निर्णायकहरुले नगरी धरै भएन। यद्यपि, अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको अत्यधिक तारिफ पाउँदै आएका छन्। उनको तारिफको क्रम शीर्ष ७सम्म आइपुग्दासम्म जारी छ।

उनको प्रस्तुपत िनिर्णायकमध्येका लुक ब्रायनले उनले असाध्यै राम्रो गाएको प्रतिक्रिया दिए। अर्का निर्णायक लियोनेल रिचीले पनि उनको प्रशंसा गरे। ‘तिमीले खासमा फोनबुक पनि गाउन सक्छौ’, उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा के हो भने तिमीले जे सुकै गाउ, त्यो आर्थर गन नै सुनिन्छ। र, सबैले आफ्नो करियरमा खोज्ने भनेकै यहि हो। यो यात्रामा रमाउ मेरो साथी, तिम्रो यो यात्रा उत्कृष्ट हुनेछ।’

यस्तै अर्की निर्णायक केटी पेरीले तारिफ गर्दै भनिन्, ‘तिमीले कति राम्रोसँग गायौ। तिमी आफू एक व्यावसायिक संगीतकर्मी हौ भनेर प्रमाणित गरिरहेका छौ। वाउ।’

दिवेशले पनि अमेरिकन आइडलको आफ्नो यात्रालाई ठूलो अवसर बताउँदै यसलाई आफूले बुढ्यौलीसम्म पनि नबिर्सने बताए। साथै उनले ‘डिज्नी नाइट’का लागि ‘किस द गर्ल’समेत गाए। यसमा पनि उनले दर्शक तथा निर्णायक मण्डलको अत्यधिक प्रशंसा पाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार