लकडाउन उल्लंघन गरेको आरोपमा पुनम पाण्डे पक्राउ

  एजेन्सी  252 पटक हेरिएको

मुम्बई : मोडल तथा नायिका पुनम पाण्डे प्रायः आफ्नो बोल्ड तस्विर र भिडियोका कारण चर्चामा छाइरहन्छन्। तर, यस पटक उनी लकडाउन उल्लंघन गरी सवारी चलाएको आरोपमा पक्राउ परेको समाचारले छाएकी छन्।

रिपोर्टका अनुसार कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्दै लक्जरी कार चलाएको आरोपमा मुम्बई प्रहरीले उनलाई पक्राउ गरेको छ।

सधैं समाचार लागि Click on 'Like'

प्रहरीका अनुसार पाण्डे र उनका एक साथीलाई बिनाकारण गाडी हाँक्दै गरेको भेटेपछि मरिन ड्राइभबाट पक्राउ गरिएको छ। उनीहरूले बांद्राबाट मरिन ड्राइभको यात्रामा थिए। उनको कार पनि नियन्त्रणमा लिइएको छ।

पछिल्लो समय नायिका पाण्डे फेब्रुअरीमा बम्बई उच्चअदालतमा राज कुन्द्रा र उनका साथीविरूद्ध मुद्दा दायर गरेपछि चर्चामा आएका थिए।
पाण्डेका अनुसार कुन्द्रा र उनका सहयोगीले अनुबन्ध समाप्त भएपछि पनि उनले फिचर गरिएको एप प्रयोगमा ल्याइएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार