साउदीमा ६७४ नेपाली कोरोनाबाट संक्रमित

  ईनयाँपुस्ता  377 पटक हेरिएको

काठमाडौं : साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ६७४ पुगेको छ। रियादस्थित नेपाली दूतावास अनुसार संक्रमित हुनेहरुमा ११ महिलासहित अन्य पुरुष नेपाली रहेका छन्।

साउदी अरबको पूर्वी क्षेत्रमा ३३६, रियाद क्षेत्रमा १७५, कसिम क्षेत्रमा ३, पश्चिम क्षेत्र मक्का, मदिना, जेद्दा र जजानमा १४८, हायल क्षेत्रमा ३ र अन्य स्थानमा ९ जना नेपाली संक्रमित भएको दूतावासले जनाएको छ।

सधैं समाचार लागि Click on 'Like'

उनीहरुमध्ये केही नेपाली निको भइ काममा फर्किसकेका छन्। अहिलेसम्म एक जना नेपालीको भाइरस संक्रमणबाट ज्यान गएको छ।

साउदीमा कोरोना भाइरसबाट अहिलेसम्म ४२ हजार ९२५ संक्रमित भइसकेका छन्। उनीहरुमध्ये १५ हजार २५७ जना उपचारपछि निको भइसकेका छन्। अहिलेसम्म यहाँ २६४ संक्रमितको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार