लकडाउनमा सेक्स वर्कर्सको संघर्ष

  ईनयाँपुस्ता  434 पटक हेरिएको

कानो (उत्तर नाईजेरिया): अहिले कोरोना भाइरस महामारीका कारण आम मानिसको दैनिकी प्रभावित बनेको छ। यस्तैमा नाईजेरियाली एक सेक्स वर्करको दैनिकीमा लकडाउनका कारण दुरावस्था सिर्जना भएको छ।

उत्तरी नाईजेरियाको मुस्लिम बहुल राज्यमा रहने सेक्स वर्कर आयशा (परवर्तित नाम)ले पछिल्ला दिन दुरावस्था भोग्नु परिरहेको बताएकी छन्। यस राज्यमा चार हप्तादेखि लकडाउन जारी छ। यहाँ कसैलाई घरदेखि बाहिर निस्कने अनुमति छैन। केवल सोमबार र विहीबार दिनमात्रै दसदेखि चार बजेसम्म खाद्य सामग्री लिन जाने अनुमति दिइएको छ।

सधैं समाचार लागि Click on 'Like'

यहाँ रमजानको महिनामा पनि मुसलमानहरुलाई नमाज पढ्न र व्रत खोल्नका लागि एकत्रित हुन अनुमित दिइएको छैन।

यस्तोमा आयशाले आफूलाई बचाउन निकै संघर्ष गर्नु परिरहेको छ। उनी भन्छन्, ‘मैले आफ्नो काम सुरु गर्ने कोशिस गरको थिएँ तर लकडाउन र रमजानको महिनाका कारण यो सम्भव भएन।’

उनका अनुसार यहाँ प्रायः मुसलमान समुदायका छन्। अहिले रमजानको महिनाका कारण सम्भव भइरहेको छैन। ‘सबै अपराह्नसम्म परिवारकै साथ रहन्छन् र साँझ रोजा र व्रत खोल्नका लागि जान्छन्’, उनी भन्छन्, ‘मेरो अत्यधिक ग्राहक विवाहित छन्। यसैले उनीहरुका लागि समयै आउन सजिलो छैन।’

ईस्लामी कानुन शरिया २००० देखि कानोमा लागू छ। उत्तरी नाईजेरिया र अन्य ईलाकामा यो लागू छ। यसपछि वेश्यावृत्ति, जुवा र मादकपदार्थमाथि कानोमा प्रतिबन्ध लगाइएको छ।

आयशाका अनुसार नाईजेरियामा पुलिस सक्रिय छन्। सेक्स वर्कमाथि यहाँ प्रतिबन्ध लगाइएको छ। विशेषगरी उत्तरी नाईजेरियामा सेक्स वर्कमा प्रतिबन्ध छ। ‘सेक्स व्यापार गर्दैगर्दा पक्रिएको खण्डमा जेल पठाइन सक्छ’, उनी भन्छन्, ‘हामी शरिया कानुनमा छौं।’

लकडाउनका समयमा आयशाले सरकारबाट कुनैपनि किसिमको आर्थिक मद्दत पाएका छैनन्। उनी भन्छन्, ‘नाईजेरियामा सेक्स वर्कर्सलाई कुनैपनि प्रकारको मद्दत मिल्दैन। हामीलाई केवल नाईजेरिया सेक्स वर्कर्स एशोसिएसनको सहारा छ।’

यसका लागि उनीहरुको कमाईको एक हिस्सा बचत गरेर राखिएको हुन्छ, जसले मुश्किलको समयमा एकअर्कालाई मद्दत गरिन्छ। यद्यपि, अहिले एशोसिएसनमा पनि बचत सकिएको छ। एशोसिएसनले रहेको बचत लकडाउनका बेला सबैलाई बाँडिदिइसकेको छ।

तरपनि, आयशा सरकारको तर्फबाट केही सहायता मिल्नेमा आश्वस्त छिन्। तर, अहिलेसम्म सरकारबाट उनले फुट्टीकौडी पाएका छैनन्। यस्तोमा उनले विकल्प खोज्नुपर्ने बताइन्। साथै, सरकारले आफूहरुलाई खोजिनिधि नगरेकामा दुःखेसो पनि गरिन्। भनिन्, ‘सरकार यो कुरा जान्न चाहँदैन कि सेकस वर्कर्स यहाँ नाईजेरियामा के गरिरहेका होलान्?’

अहिले पैसा सकिँदै गएपछि उनी हतास छिन्। उनीसँग अरु केही विकल्प पनि छैन। तर, उनका केही ग्राहकले ख्याल गर्ने भएकाले अहिलेसम्म दैनिकी धानिरहेकी बताइन्। उनलाई ग्राहकले खानपिनका सामग्रसहित केही पैसा दिँदै आइरहेका छन्।

‘यो पर्याप्त छैन, किनभने मसँग बहिनी पनि छन्’, उनी भन्छन्, ‘जे चिज प्राप्त हुन्छ, त्यो मैले बाँडेर खानुपर्छ। यसैले यसरी रहनु सजिलो त छैन, तर अझै कति दिनसम्म हामी यस्तो हालतमै बस्नुपर्ने हो।’

उनी यस्तो हालतमा पनि सरकारले मद्दत नगरेकामा थप दुःखित छिन्। ‘म धेरै दुःखी छु कि सरकारले हामीलाई कुनैपनि प्रकारको सहयोग गरिरहेको छैन’, दुःखी हुँदै उनी भन्छिन्, ‘सरकारले हामीलाई सहयोग गर्न बिल्कुलै कुनै कोशिस गरिरहेको छैन।’ -बीबीसीबाट अनुदित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार