लकडाउन प्रभावित मजदुरलाई रासन दिन सोनाक्षीले आफ्नो चित्र लिलाम गर्दै

  ईनयाँपुस्ता  358 पटक हेरिएको

काठमाडौं : कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाएको लकडाउनबाट भारतमा सबैभन्दा बढी दैनिक ज्यालादारी मजदुर प्रभावित छन्। यस्तो मजदुरका सहायताका लागि सबैले केही गरिरहेका छन्। यस्तैमा बलिउड नायिका सोनाक्षी सिन्हाले पनि मजदुरलाई सहयोग गर्ने भएका छन्।

सोनाक्षीले मजदुरहरुलाई रासन प्रदान गर्नका लागि आफूले तयार पारेका चित्र लिलाम गर्ने निर्णय लिएका छन्। उनले यस सम्बन्धमा आफ्नो ट्वीटर एकाउन्टमा एक भिडियोसमेत शेयर गरेकी छन्।

सधैं समाचार लागि Click on 'Like'

भिडियोमा भनेका छन्, ‘हामी एकअर्काको लागि काम आउन सकेनौं भने हामी असल होइनौं। मेरो कला मेरो लागि सुरक्षित स्थान हो। यसले मलाई आफ्नो विचारलाई क्रियाशील गर्न मद्दत गर्ने गर्छ र मलाई खुसी दिने गर्छ।’

साथै, आर्टले उनलाई शान्ति र राहतको भावना जगाउने गरेको बताएकी छन्। र, अब उनी राहत त्यस्तालाई गर्न चाहेका छन्, जोहरु लकडाउनका कारण खराब अवस्थामा छन्। ‘आर्टले मेरो लागि शान्ति र राहतको भावना ल्याउँछ’, उनले थप भनेका छन्, ‘र, राहत त्यो हो, जो म उनीहरुका लागि ल्याउन चाहन्छु, जसको लागि यो लकडाउन एक खराब सपनाको रुपमा छ।’

उनले आम्दानी नभएका जो मानिस आफ्नो र परिवारको पेट भर्न असमर्थ छ, त्यस्तालाई राहत दिने बताएकी छन्। उनको नजरमा त्यस्तो मानिस दैनिक ज्यालादारी मजदुर हुन्।

साथै, उनले भिडियो पोस्टसँगै लेखेका छन्, ‘मैले क्याभास र स्केचको लिलाम गर्ने फैसला गरेकी छु, जुन मैले आफ्नो पूरै दिलदेखि बनाएको हुँ। लिलामीबाट मिल्ने पैसाले दैनिक ज्यालादारी मजदुरलाई रासन उपलब्ध गराइने छ। कृपया मेरो आर्टलाई राम्रोसँग देखभाल गर्नुस्। यसलाई मैले प्रेमले बनाएको हुँ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार