दिवेश पोखरेल बने अमेरिकन आईडलको उपविजेता

लाइबेरियन मुलकी जस्ट साम विजेता

  ईनयाँपुस्ता  769 पटक हेरिएको

काठमाडौं : नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उपविजेता बनेका छन्। सोमबार भएको १८औं संस्करणको अमेरिकन आइडलको फाईनलमा २१ वर्षकी जस्ट साम ‘अमेरिकन आइडल’ बनिन्। दिवेश उपविजेता बनेका छन्।

भोटिङका आधारमा साम अमेरिकन आइडल विजेता बनेकी हुन्। दिवेशलाई उपाधि दाबेदारका रुपमा हेरिएको भए तापनि उनले उपविजेतामै चित्त बुझाउनु पर्यो। दिवेश अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन्।

सधैं समाचार लागि Click on 'Like'

काठमाडौंको रवीभवनमा जन्मेका दिवेश प्लस टु उत्तिर्ण गरेपछि सन् २०१४ मा अमेरिका गएका हुन्। कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुई वर्षदेखि संगीतको क्षेत्रमा छन्।

दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए। अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका उनका एक दर्जनजति गीत छन्।

उपाधि विजेता २१ वर्षीया जस्ट साम लाइबेरियन मुलकी अश्वेत गायिका हुन्। न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब–वे र ट्रेनहरुमा गाउने गर्थिन्। उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन्।

उनले पहिलो अडिसनबाटै निर्णायकहरुलाई प्रभावित तुल्याउँदै आएकी थिइन्। सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार