बलिउड नायक किरण कुमारमा कोरोना संक्रमण

  एजेन्सी  391 पटक हेरिएको

नयाँदिल्लीः बलिउड नायक किरण कुमारलाई कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य जाँचका क्रममा ७४ वर्षीय यी नायकमा कोरोना पोजिटिभ देखिएको हो।

कोरोना संक्रमणपछि अहिले उनी घरमै क्वारेन्टिनमा रहेका छन्। किरणले भारतीय मिडियालाई दिएको जानकारी अनुसार उनी अरु नै रोगको जाँच गर्न जाँदा कोरोनाको पनि परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।

सधैं समाचार लागि Click on 'Like'

‘म अरु नै रोगको चेकअपका लागि अस्पताल गएको थिएँ’, उनले भारतीय मिडियामा भनेका छन्, ‘अस्पताल पुग्दा कोरोनाको जाँच पनि अनिवार्य भएकाले यसको पनि जाँच गरेँ। जाँच गर्दा कोरोना पोजिटिभ देखिएको हो।’उनले गत १४ मेमा कोरोनाको जाँच गराएका थिए।

उनमा कोरोना पोजिटिभ देखिएको भए तापनि कुनै लक्षण नदेखिएको बताएका छन्। अहिले उनी घरकै तेस्रो तल्लामा क्वारेन्टिनमा बसिरहेका छन्। उनको परिवार दोश्रो तल्लामा बस्दै आएका छन्। (हिन्दुस्तान टाइम्सको सहयोगमा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार