दीपक बज्राचार्यको कोरोनासम्बन्धी सचेतनामूलक गीत

  ईनयाँपुस्ता  208 पटक हेरिएको

काठमाडौं : कोरोना भाइरस महामारीले सामाजिक जीवन अस्तव्यस्त बनिरहेका बेला चर्चित गायक दीपक बज्राचार्यले सचेतनामूलक गीत ल्याएका छन्।

युनिसेफ दक्षिण एसियाको सहकार्यमा गायक बज्राचार्यले कोरोना भाइरससम्बन्धी सचेतना फैलाउन गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन्।

सधैं समाचार लागि Click on 'Like'

गीतमा रिकी शाक्यको शब्द र गायक बज्राचार्यकै संगीत रहेको छ। कोरोना भाइरससम्बन्धी यस गीतमा अंग्रेजी ‘सबटाइटल’समेत राखिएको छ।

नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैली अपनाउँदै आएका गायक बज्राचार्यले यस गीतमा भिडियोमा नेवारी धिमेबाजा, लाखेनृत्यसमेत देखाएका छन्।

भिडियो-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार