लिम्बु जातिको समाधिस्थलमा पार्क बनाउन लागेकामा महासंघको ध्यानकर्षण

  ईनयाँपुस्ता  619 पटक हेरिएको

काठमाडौं : लिम्बु जातिको ऐतिहासिक समाधिस्थल मासेर मदन–आश्रित स्मृति पार्क विस्तार गर्न लागेकामा नेपाल आदिवासी जनजाति महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

आइतबार महासंघको पाँचथर जिल्ला समितिद्वारा विज्ञप्ति जारी गरी रानीगाउँ (हाल कम्मायक गाउँपालिका) वडा नम्बर ४ स्थित याक्थुङ (लिम्बु) सम्बाहाम्फेहरुको ऐतिहासिक समाधिस्थल मासेर पार्क विस्तार गर्न लागेकोप्रति ध्यानकर्षण भएको जनाएको हो।

सधैं समाचार लागि Click on 'Like'

जिल्ला अध्यक्ष रिन्जी शेर्पाद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय सन्धी र महासन्धीहरुको प्रावधानविपरीत उक्त विस्तार कार्य गरिएको भन्दै स्थानीय लिम्बु जातिको इतिहास नामेट पार्ने षड्यन्त्र रचिएको बताइएको छ।

‘…जबर्जस्त रुपमा सम्बन्धित समुदायको परामर्शबिना नै याक्थुङ (लिम्बु)हरुको इतिहास नामेट गर्न गरिएको गम्भीर षड्यन्त्र हामी आदिवासीमाथिको प्रहार हो’, विज्ञप्तिमा भनिएको छ।

साथै, विज्ञप्तिमा यसखाले ऐतिहासिक, प्राकृतिक र साँस्कृतिक सम्पदाको संरक्षण राज्यले गर्नुपर्नेमा उल्टै राज्यकोषको रकम खर्चेर समुदायको इतिहास नामेट पार्नु न्यायसंगत नहुने बताइएको छ।

विज्ञप्तिमा साँस्कृतिक अतिक्रमणविरुद्धको आन्दोलनमा सहभागी हुन आह्वान गर्दै धार्मिक र साँस्कृति असहिष्णुता र सद्भाव खलबलिए स्थानीय सरकार र निर्माण समितिले जिम्मेवार हुने चेतावनी पनि दिइएको छ।

विज्ञप्ति-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार