बलिउड नायक सुशान्तसिंहले गरे आत्महत्या

  ईनयाँपुस्ता  804 पटक हेरिएको

काठमाडौं : बलिउड सिने उद्योगका समर्थकलाई स्तब्ध बनाउने खबर आएको छ । पछिल्लो समयको ‘केदारनाथ’, आमिर खानको ‘पिके’जस्ता सफल चलचित्रमा जीवन्त अभिनय गरेर लोकप्रियताको शिखर चुम्दै गरेका सुशान्तसिंह राजपुतले आत्महत्या गरेको खबर भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन्।

उनको आत्महत्याको खबर बाहिरिएसँगै मुम्बई प्रहरी अनुसन्धानका लागि मुम्बईको बान्द्रास्थित उनको घर पुगेको छ। प्राप्त खबरअनुसार सुशान्तको घरमा काम गर्ने व्यक्तिले प्रहरीलाई फोन गरेर आत्महत्याको जानकारी गराएको लाइभ हिन्दुस्तान डट कमले जनाएको छ। उनले झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक समाचारहरुमा उल्लेख गरिएको छ।

सधैं समाचार लागि Click on 'Like'

नवभारत टाइम्सले पनि उनले आत्महत्या गरेको समाचार दिएको छ। टाइम्स अफ इन्डियाले ३४ वर्षीय अभिनेताले मुम्बईस्थित निवासमै आत्महत्या गरेको र थप विवरण आउन बाँकी रहेको समाचार दिएको छ।

सुशान्तका मेनेजरको पनि एक साताअघि निधन भएको थियो। बलिउडले पछिल्लो समय तीनजना सफल अभिनेता गुमाएको छ। यसअघि हलिउडमा समेत अभिनय गरेका इरफान खान र अघिल्लो पुस्ताका अभिनेता ऋषि कपुरको निधन भएको थियो।

सुशान्तले ‘किस देश में है मेरा दिल’नामको सोबाट आफ्नो करिअर सुरु गरेका थिए। तर, उनको लोकप्रियता एकता कपुरको सो ‘पवित्र रिस्ता’बाट बढेको थियो। त्यसपछि उनी फिल्ममा प्रवेश गरेका थिए।

‘काय पो छे’बाट उनले बलिउड यात्रा सुरु गरेका थिए। उनले महेन्द्रसिंह धोनीको वास्तविक जीवनमा आधारित चलचित्रमा धोनीको भूमिका निभाएका छन्। सो चलचित्रमा उनको अभिनयलाई सबैले तारिफ गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार