यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कार स्थगित

  ईनयाँपुस्ता  221 पटक हेरिएको

काठमाडौं : चलचित्र विकास बोर्डले बर्सेनी प्रदान गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यस वर्ष स्थगित गरेको छ। कोरोना भाइरस महामारीका कारण हरेक वर्ष १६ असारमा प्रदान गरिँदै आएको पुरस्कार यस वर्ष स्थगित गरिएको हो।

बोर्डले आफ्नो वार्षिकोत्सवको अवसरमा वर्षभरि प्रदर्शनीमा आएका चलचित्रबाट विभिन्न आठ विधामा उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गर्ने गरेको छ। बोर्डको स्थापिना २०५७ साल १६ असारमा भएको थियो।

सधैं समाचार लागि Click on 'Like'

कोरोना संक्रमणका कारण सामाजिक दुरी कामय गर्नुपर्ने भएकाले अहिले पुरस्कार गर्न नसकिने बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी दिएका छन्। विगतमा राष्ट्रपतिबाट बोर्डले पुरस्कार वितरण गर्ने गरेको थियो।

साथै, यसपटक बोर्डको वार्षिकोत्सवको अवसरमा कुनैपनि कार्यक्रमसमेत नगरिने दाहालले जनाए। बोर्डको वार्षिकोत्सव १६ असारमा भए अहिलेको अवस्थामा सामाजिक दुरी अपरिहार्य भएकाले सिनेकर्मीलाई जमघट गरी कार्यक्रम नहुने उनले बताए।

यद्यपि, यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ अर्को वर्ष प्रदान गरिने उनले जनाए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार