ठगीको आरोपमा अस्ट्रेलियामा दुई नेपाली पक्राउ

  ईनयाँपुस्ता  294 पटक हेरिएको

काठमाडौं : अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन्। उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो।

नाईनन्युजलाई उद्यृत गर्दै अनलाईनखबरले जनाएअनुसार प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो। उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ।

सधैं समाचार लागि Click on 'Like'

समाचारमा जनाइएअनुसार ठगीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो। फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो। पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए।

पैसा बुझाएपछि वृद्धा प्रहरीमा गइन्। त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो। उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए।

प्रहरीले वृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई पक्राउ गरेको छ। दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ। र, अदालतले पनि जमानतमा छाडेन। अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ।

अनुसन्धानकर्ताहरुकाअनुसार यसरी नै ठगीमा परेकाहरु पीडितहरुको पनि पहिचान भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार