नेकपा स्थायी समिति बैठक ४५ घन्टाका लागि स्थगित

  ईनयाँपुस्ता  2524 पटक हेरिएको

तस्विर सौजन्यः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक ४५ घन्टाका लागि स्थगित गरिएको छ।

बुधबार साढे दुई बजे स्थगित गरिएको स्थायी समिति बैठक शुक्रबार ११ बजे पुनः बस्ने छ। लामो समयको अन्योलतापछि बुधबारै सुरु बैठक शुक्रबार (१२ असार)सम्मका लागि स्थगित गरिएको हो।

सधैं समाचार लागि Click on 'Like'

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार दुवै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा धारणा राखेपछि स्थगित गरिएको छ। स्थगित बैठक शुक्रबार ११ बजेदेखि सुचारु हुने पनि उनले जनाए।

बुधबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी, सरकार र समग्र परिस्थितिको स्वस्थ रुपमा आलोचनात्मक र जिम्मेवारीपूर्वक छलफल गर्नुपर्नेमा जोड दिए। उनले सरकारले गरेका कामबारे पनि चर्चा गरेका थिए।

अर्का अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको आन्दोलन, परिस्थिति, आदर्श र भूमिकाका विषयमा बोलेका थिए। उनले सकारात्मक निष्कर्ष निकाल्ने गरी कमीकमजोरीलाई सच्चाउनुपर्नेमा जोड दिए।

बुधबार महासचिव विष्णु पौडेलले अध्यक्षद्वयको तर्फबाट बैठकमा छलफलका लागि विभिन्न सात वटा एजेण्डा पेश गरेका छन्। जसमध्ये कोभिड–१९ को रोकथाम तथा नियन्त्रण, नेपालको सीमा समस्या, सरकारको समीक्षा, एमसीसीलगायत छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार