मानवशास्त्री चेम्जोङको भनाई– नागरिकताको सात वर्षे प्रावधानले द्वन्द्व निम्तिन्छ

नागरिकता विधेयकले पहाडेलाई पनि अप्ठ्यारो पर्ने

  ईनयाँपुस्ता  2105 पटक हेरिएको

काठमाडौं : विदेशी बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने विधेयकले दीर्घकालीन द्वन्द्व सिर्जना हुने बताइएको छ। मानवशास्त्री डा. डम्बर चेम्जोङले शुक्रबार आयोजित एक भर्च्युअल अन्तरक्रियामा यस्तो बताएका हुन्।

गत ७ असारमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतको आधारमा नागरिकता विधेयक पारित गरेको छ। पारित विधेयक प्रतिनिधिसभाको पूर्ण बैठकमा पेश गरी पास गर्ने सरकारी तयारी छ।

सधैं समाचार लागि Click on 'Like'

यसै सन्दर्भमा नेपाल आदिवासी जनजातिले शुक्रबार आयोजना गरेको ‘राष्ट्रियता, नागरिकता र राष्ट्रिय सुरक्षा’ विषयक भर्च्युअल अन्तरक्रियामा डा. चेम्जोङले सामान्य बहुमतको आधारमा विधेयक पारित गरिए समस्या निम्तिने बताएका हुन्।

चेम्जोङले खास समुदायलाई लक्षित गरेर ल्याइएको भए तापनि नागरिकता विधेयकले पहाडे समुदायलाई समेत अप्ठ्यारोमा पार्ने बताए। उनले भारतको आसाम, मिजोरम, दार्जीलिङलगायत अन्य देशसँग पहाडे समुदायको समेत कुटुम्बेली साईनो जोडिने परम्परा रहेकाले भविष्यमा समस्या सिर्जना हुनेतर्फ सचेत रहनुपर्ने बताए।

साथै, त्यसरी विवाह गरेर नेपाल आएका वरबधु रोजगारीसँगै अन्य कामका लागि विदेश जानुपर्ने बाध्यता रहेकाले नागरिकता विधेयक ल्याइए त्यसले जटिलता सिर्जना गर्ने बताए।

‘हरेक क्षेत्रबाट नेपाली विदेश जानुपर्ने अवस्था छ, शैक्षिक, प्राज्ञिक, रोजगारीका लागि विदेश जानुपर्ने अवस्था छ’, उनले भने, ‘अझ विवाह गरेपछि रोजगारीका लागि सँगै विदेश जानुपर्ने भएकालाई यसखाले विधेयकले अप्ठ्यारो पार्न सक्छ।’

चेम्जोङले कोरोना भाइरस महामारी नियन्त्रणमा देखिएको सरकारी असफलतालाई ढाकछोप गर्न पनि नागरिकता विधेयक ल्याइएको हुन सक्नेतर्फ आशंका गरे। उनले भने, ‘अन्यथा यसखाले विधेयक आउनु उचित मान्न सकिँदैन।’

डा. चेम्जोङले बहुमतको आधारमा सातवर्षे प्रावधान राखी नागरिकता विधेयक पारित गरिएको खण्डमा नयाँखाले द्वन्द्वमा फस्नेतर्फ पनि सचेत गराए। उनले यसखाले क्रम हरेक नयाँ सरकार आएसँगै बहुमतले विधेयक फेरिने खेल सुरु हुने बताए।

उनले महिलानै कानुनमन्त्री भए तापनि महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने विधेयक ल्याइनु विडम्बनापूर्ण रहेको भनाईसमेत राखे।

यो पनि पढ्नुस्-

युग पाठक भन्छन्– नागरिकता विधेयक जनतालाई अनागरिक बनाउने षड्यन्त्र हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार