सलह मार्न विषादीको प्रयोग हानीकारक

  मदन राई, कृषि वैज्ञानिक  713 पटक हेरिएको

केही दिनयता नेपालमा सलह भित्रिएको छ। सलह करोडौंको समूहमा हिँड्ने फट्यांग्रा प्रजातिको किरा हो। ठूलो समूहमा हिँड्ने भएकाले यसले हरियो बालीनाली क्षणभरमै सखाप पार्न सक्छ, जसले भविष्यमा मानिसका लागि खाद्य संकट सिर्जना गरिदिन्छ। यसैले सलहबाट बालीनाली जोगाउने उपायबारे कृषि वैज्ञानिक मदन राईसँग ईनयाँपुस्ताले संक्षिप्त फोन सम्वाद गरेको छ। उहाँको सम्पादित भनाई जस्ताको तस्तै प्रस्तुत छ;

सलह एकखाले फट्यांग्रा हो। यसको ठूल्ठूला खुट्टा हुन्छ। पखेटा भएकाले उड्न सक्छ। यसले मरुभूमिमा जीवनचक्र पूरा गर्छ। मरुभूमिमा अण्डा पार्छ र बच्चा काढ्छ। वरिपरि भएको वनस्पति खाएर हुर्किन्छ।

सधैं समाचार लागि Click on 'Like'

बाँच्नका लागि घुमिरहन्छ। एक हुलमा सरदर ३–४ करोड हुन्छ। यसले सबैखाले बिरुवा खान्छ। जहाँ पसेपनि सराख पार्छ। मान्छेले बुझ्न सकेमा यसलाई हातैले मार्न सकिन्छ। ठूलो भएकाले सजिलो पनि छ।

किरा समाउने जालीले नियन्त्रणमा लिन सकिन्छ। घरपालुवा पंक्षीहरुले पनि यसलाई खान्छ। घामै छलेर आउने भएकाले ठूल्ठूलो तन्ना र कपडाले झ्याप्प छोपेर भुँइमा झारेर पनि समाउन सकिन्छ।

यसपछि भुटेर खान सकिन्छ। माछाको दाना, कुखुराको दाना बनाउन सकिन्छ। सिद्राको सट्टामा प्रयोग गर्न सकिन्छ। यसलाई मरुभूमिका मानिसले खानेसमेत गर्छ। यसमा प्रोटिन धेरै हुन्छ। यसको हड्डीमा क्याल्सियम हुन्छ। भिटामिन र बोसो पनि अत्यधिक हुन्छ। सिद्राभन्दा राम्रो हुन्छ।

किसानले जोगाउनु पर्नेचाहिँ धानको बिऊ हो। कोदोको बिऊ हो। बिऊ खायो भने दुई महिना लाग्छ। बिऊ त दुई मिनेटमै खाईसक्छ यसले। यसलाई जोगाउन सबै लाग्नुपर्छ।

जंगलमा पसे खासै फरक पर्दैन। जंगलमा यसले १० प्रतिशत वनस्पति खान्छ। तर, यसलाई जंगली चराचुरुंगीले नै खान्छ।

सलह घुमन्ते किरै हो। समूहमा घुमिरहने किरै हो। नेपालमा लगभग ६५–६६ वर्षपछि सलह आएको छ। मरुभूमि छेऊको क्षेत्रमा यो हप्तैपिच्छे–महिनैपिच्छे आउँछ।

हाम्रोजस्तो देश वा मरुभूमिभन्दा टाढा भएको ठाउँमा दसकौंपछि एकपल्ट आउने हो। यो एक दिनमा एक-डेढ सय किलोमिटर हिँड्छ। खाँदै हिँडिरहन्छ।

तर, यसलाई प्रजनन चक्र पूरा गर्न मरुभूमिनै पुग्नुपर्छ। बालुवानै चाहिन्छ। बालुवामा अण्डा पार्ने, बच्चा निकाल्ने वरिपरि सकाउने र ठूलो हुल भएर अन्त जाने हो।

यसबाट सावधानी अपनाइयो भने आत्तिनुपर्ने देखिँदैन। यसलाई मार्न विष छर्नु हुँदैन। विषले अधकल्चो मात्रै मर्छ। अन्ततः त्यसले मानिसलाई नै हानी गर्छ। विष छर्ने काम पनि भएको छ। तर, समाउन सकिने भएकाले यसलाई समाएरै नियन्त्रणमा लिन सकिन्छ। यो ठूलो पनि भएकाले सय ओटा बिरुवा खाने यसलाई एक मिनेटमा सयवटा पक्रन सकिन्छ।

सलह कसैले समाएर ल्याएमा म किलोको सय दिन्छु। यो त बाक्लो आयो भने तन्नाले झ्याप्पै छोपेर एकपटकमा दस किलोसम्म समात्न सकिन्छ। यसको नियन्त्रण छोप्ने नै हो। सबैले छोपेर समाएमा ९० प्रतिशत समाउन सकिन्छ। वनको चराचुरुंगीले पनि खान्छ। तर, त्यो देखिँदैन त्यहीँ भएर मानिस आत्तिने हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार