खोकनामा किसान र प्रहरीबीच झडप

  ईनयाँपुस्ता  396 पटक हेरिएको

ललितपुर : ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ। शनिबार खड्का फाँटमा संयुक्त रोपाइँ गर्न आएका किसानलाई प्रहरीले अवरोध गरेपछि तनाव सिर्जना भएको हो।

आफ्नै जमिन खनजोत गर्न गएका किसानलाई प्रहरीले अवरोध गरेपछि उत्पन्न झडपमा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ। सो क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्दा केही प्रहरी घाइतेसमेत भएको बताइएकोछ।

सधैं समाचार लागि Click on 'Like'

आफ्नो पुर्ख्यौली थातथलो सरकारले कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आइरहेका छन्। तर, प्रहरीले ‘फाष्ट ट्र्याक’ पर्ने जमिनमा खोकनाका किसानले रोपाइँ थालेपछि बल प्रयोग गर्नु परेको बताएको छ।

‘फाष्ट ट्र्याक’ अन्तर्गत पर्ने यस क्षेत्रमा लामो समयदेखि जग्गा विवाद कायम छ। किसानहरूले जग्गाको मुआब्जा नपाएको र विकासका नाममा पुर्ख्यौली थातथलो कब्जा गरेकामा खोकनाबासी रुष्ट छन्।

गत १५ असारमा ‘धान दिवस’को अवसरमा रोपाइ गर्न पुगेका स्थानीय र प्रहरीबीच विवाद भएको थियो। त्यहाँ किसानले संयुक्त रूपमा रोपाइँको कार्यक्रम गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

थप तस्विर हेरौं-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार