अफगानिस्तानी राष्ट्रपतिका विशेष सल्लाहकारको कोरोनाबाट निधन

  सिन्ह्वा  369 पटक हेरिएको

मोहम्मद यूसुफ गाजनफार

काबुल : अफगानिस्तान राष्ट्रपतिका विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ। उनको शुक्रबार राति उपचारका क्रममा निधन भएको जनाइएको छ।

राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रण मामिला सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोरोना सङ्क्रमणबाट मृत्यु भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सधैं समाचार लागि Click on 'Like'

राष्ट्रपति कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै गाजनफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको जनाएको छ। उनलाई हालै कोरोना भाइरस सङ्क्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो।

अफगानिस्तानमा गत फेब्रुअरीमा पहिलो पटक कोरोना भाइरस संक्रमित भेटिएका थिए। अहिलेसम्म अफगानिस्थानमा ३२ हजार बढी सङ्क्रमित पुगिसकेको छ। यहाँ कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८१९ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार