भानुभक्त जयन्तीको अवसरमा अनलाइन नाटक प्रतियोगिता हुने

  ईनयाँपुस्ता  364 पटक हेरिएको

मोरङ : कोरोना भाइरस महामारीका कारण थिएटर ठप्प रहेका बेला ‘अनलाइन नाटक प्रतियोगिता’ हुने भएको छ। ‘शब्द थिएटर’को आयोजनामा भानु जयन्तीको अवसरमा ‘अनलाईन नाटक प्रतियोगिता’ हुने भएको हो।

मोरङको पथरीशनिश्चरेको स्थानीय ‘शब्द थिएटर’ले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर स्थानीय तहबाटै राष्ट्रियस्तरको ‘अनलाइन नाटक प्रतियोगिता’ गर्न लागेको जनाएको छ।

सधैं समाचार लागि Click on 'Like'

आयोजकका अनुसार नाटक भानुभक्तको कृतिमा आधारित हुनुपर्ने जनाइएको छ। शब्द थिएटरका सचिव सरोज तिम्सिनाका अनुसार नाटक क्यामरा, मोबाइल जेले खिचेपनि १० मिनेट नबढाइ २५ असारसम्म पठाइसक्नु पर्नेछ।

प्रतियोगितामा एकल वा बढीमा दुई जनासम्म कलाकार, सम्पादन नगरिएको भिडियो पठाउनुपर्ने नियम राखिएको थिएटरका निर्देशन जीवन बरालले बताए। प्रतियोगितामा सहभागी हुन चाहनेले थिएटरको ईमेल ठेगाना shabdathreatre@gmail.com उपलब्ध गराएको छ।

शिल्प र अभिनय कलाको विकासमा सहयोग पुर्याउने उदेश्यले आयोजित नाटक नेपालमा बोलिने जुनसुकै भाषामा पठाएपनि सहभागी गराइने थिएटरका अध्यक्ष पर्शुराम न्यौपानेले जानकारी दिए। प्रतियोगिताको फाईनल २९ असार भानु जयन्तीको अवसरमा सार्वजनिक गरिनेछ।

प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद २५, १५ र १० हजार तथा प्रमाणपत्र प्रदान पाउने छन्।

भानुभक्तको जन्म १८७१ साल २९ असारमा तनहुँको चुँदीमा भएको थियो। उनले वाल्मिकी रामायणलाई नेपाली भाषामा अनुवादन गरेका थिए। भानुभक्तका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘वधूशिक्षा’लगायतका कृति लोकप्रिय छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार